हिमाली स्वरहरु – नेजाद्धारा सेभेन समिटलाई सहयोग

नेजाद्धारा सेभेन समिटलाई सहयोग

admin August 27, 2014 0

नेजाद्धारा सेभेन समिटलाई सहयोग

 

विश्वको सर्वोच्व शिखर सगरमाथा लगायत सात महादेशका हिमालहरुको आरोहन गर्ने सात महिलाहरुको अभियान सेभेन समिटको लागि नेपाल अमेरिका पत्रकार संघले ७ हजार सात सय ५६ डलर संकलन गरेको छ । नेजाको आयोजना तथा एनआरएन एनसिसी अफ युएसको सहआयोजनामा दक्षिण एशियामै पहिलो सगरमाथा आरोही पत्रकार आडछिरिड शेर्पाको विषयमा तयार पारिएको वृत्तचित्र, ‘रिपोर्टर अन द टप’ देखाएर सो रकम संकल गरेको हो । सो रकम नेजाका महासचिव भोला आचार्य, एनआरएन अध्यक्ष शेष घले, एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसी र सगरमाथा आरोही पत्रकार एवं नेजाका निर्वतमान अध्यक्ष शेपाले सेभेन समिट टिम लिडर शैली वस्नेतलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपश्थित विभिन्न व्यक्ति र संस्थाहरुले उक्त सहयोग उठेको थियो । कार्यक्रममा एनआरएन अध्यक्ष घलेले सेभेन समिटका नेपाली चेलीहरुको साहसको उच्च प्रशंसा गर्दै देशले गौरव गर्ने विषयलाई महत्व दिएर कार्यक्रम गरेकोमा नेजालाई पनि धन्यवाद दिएका थिए । सेभेन समिटका संयोजक शैलि वस्नेतले सहयोगको लागि धन्यवाद दिदै देशलाई विश्व समुदायमा चिनाउने यो अभियानमा सवैले साथ दिनुपर्ने वताईन् । उनले ७ वटामध्ये ६ वटा हिमालहरुको शिखर चुमिसकेको वताउदै अन्टार्कटिकामा रहेको एउटा हिमालको चुचुरोमा नेपाली झण्डा फराउने कामवाँकी रहेको वताइन् । ७ औं हिमाल आयोहन महंगो पनि भएकोले सहयोग गरिदिन सवैलाई आग्रह गरिन् । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आफ्नो संस्थाको तर्फबाट ४ हजार डलर सहयोगको घोषणा गर्दै हिमाल आरोहन गरि नेपाली चेलीहरुले देशको गौरव वढाउने काम गरेकोमा खुसि व्यक्त गरे । हिमाल आरोहन गर्ने दक्षिण एशियाकै पहिलो पत्रकार पत्रकार आडछिरिड शेर्पाले हिमाल आरोहन गर्ने कुरा कठिन भएपनि सवैले हौसला दिएभने सजिलो वन्ने आफ्नो अनुभव सुनाए । उनले देशको शिर ठाडो पार्नेगरि सात महादेशका उच्च हिमालहरुको चुचुरोहरुमा पुगिरहेका साहसिक महिलाहरुलाई सवैमिलि हौसला प्रदान गर्नुपर्ने धारणा राखे । स्थायि नियोगको तर्फबाट कार्यक्रममा सहभागि सेवा सम्सालले सात हिमाल आरोही नेपाली चेलीहरुको सफलताको सुभकामना दिएकी थिईन् । त्यसैगरि नेजाका महासचिव भोला आचार्यले सेभेन समिट अभियानलाई एउटा पत्रकारले नेतृत्व दिएकोमा गर्भ गर्दै देशकै गौरव वढाउने यो अभियानलाई सवैले साथ दिनुपर्ने वताए । नेजाले यसअघि सेभेन समिटका नेपाली चेलीहरुलाई सम्मान पनि गरिसकेको वताउदै विदेशी उच्च अधिकारीसँगको भेटघाटमा नेजा संलग्न भैरहेको उनले वताए । न्युयोर्क निवासी नेपालीहरुले व्यक्तिगत र संस्थागतरुपमा सहयोग तथा सम्मान गरेका थिए ।

भोला आचार्य

7-naja

Share

Leave A Response »