हिमाली स्वरहरु – सृजनाका यात्राहरूको सेप्टेम्बर महिनाको यात्रा सम्पन्न (Photos/Video)

सृजनाका यात्राहरूको सेप्टेम्बर महिनाको यात्रा सम्पन्न (Photos/Video)

admin September 8, 2014 0

न्यु योर्कमा हरेक महिनाको पहिलो आइतबार आयोजना हुने नेपाली भाषा साहित्यको सामूहिक शृंखला सृजनाका यात्राहरुमा अमेरिका भ्रमणमा रहनु भएका गीतकार एबम रङ्ग पत्रकार रमण घिमिरेको विशेष उपस्थितिको साथमा सम्पन्न भयो। कार्यक्रममा घिमिरेले आफ्नू अमेरिका यात्रा संस्मरणको साथमा आफ्नू केही गीत एबम कविताहरू सुनाउनु भएको थियो। सृजनाका यात्राहरुमा बन्दना कोइराला,सुनिता शर्मा,शकुन्तला ज्ञवाली, विकास बिस्ट, गीत खत्री,कुन्ती थापा, कमला प्रसाईं,शान्ता घिमीरे,सुनिल बुढाथोकी, अनुरागी अरुण, अमर अधिकारी,मनु लोहरुंग राई,संगीता रिजाल, शिखा बस्नेत​,मणि बांग्देल,कृष्ण पोख्रेल,र सहदेव पौडेलले आ-आफ्नू रचना हरू सुनाउनु भएको थियो। डा तारा निरौला र रिजवुड नेपाली समाजका पूर्व अध्यक्ष मोहन ज्ञवालीले रमण घिमिरे सँगको सम्झना सुनाउनु भएको थियो।

सृजनाका यात्राहरुमा नेपाल अमेरिका पत्रकार सङ्घका भोला आचार्य र चलचित्र कर्मी दीपक रौनियारको पनि उपस्थिति थियो।

रिजवुड नेपाली समाजको सहकार्यमा सम्पन्न कार्यक्रमको संयोजन गीता पन्तले गर्नु भएको थियो।


Srijanaka Yatraharu sept


Share

Leave A Response »