हिमाली स्वरहरु – पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव”को दोश्रो भाग सुन्नुहोस

पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव”को दोश्रो भाग सुन्नुहोस

admin November 15, 2014 0

हिमाली स्वरहरूको कार्यक्रम “जीवन यात्रा अनुभव”मा अबका केही साता हामी पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव” सुन्ने छौँ । प्राय: जसो हामी आफ्नू क्षेत्रमा सफलता हासिल गरेका विभिन्न व्यक्तित्वहरुको जीवन यात्रा अनुभव सुन्ने गर्छौँ तर अबको केही साता भने हामी मृत्युलाई जित्नु हुने पुण्डरी अर्यालको जीवन गाथा सुन्ने छौँ। पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव”को यो दोश्रो भाग हो|

लुम्बिनी अञ्चल रुपन्देही जिल्लामा बिक्रम सम्बत २०१९ सालमा जन्मनु भएका पुण्डरी अर्यालले
सन् २००२ देखि अमेरिका आगमन सुरु गर्नुभएको हो भने सन् २००३ देखि यतै अमेरिकामा बसोबास गर्दै आउनु भएको छ। सन् २००९ मा आफ्नू कलेजोमा एक्कासि देखिएको समस्याले पछि कलेजो नै फेर्नु पर्ला भनेर कहिल्यै सोच्नु भएको थिएन। त्यसमा पनि आफू आयुर्वेदिकको आचार्य पनि ,अनि सधैँ भरि आहार बिहारमा उत्तिकै ख्याल गर्ने मान्छे!

आफू बिरामी हुदाँका कहाली लाग्दा दिनहरू, परिवार बाट प्राप्त प्रेम, बाँच्नु पर्छ भन्ने आत्म विश्वास र कुनै अज्ञात व्यक्तिको कलेजोले नयाँ जीवन पाए पछि पुण्डरी अर्यालले यी सबै अनुभवलाई समेटेर एउटा किताब पनि लेख्नु भएको छ। अमेरिका आउदाका सुरुका दिनहरु, त्यसपछि आफ्नु स्वास्थ्यमा आई परेको आपत्, राष्ट्रपति ओबामाबाट प्राप्त अपत्यारिलो सहयोग, यहाँको अस्पताल, डाक्टर, स्वाथ्य बिमा र नयाँ कलेजोले आफूमा ल्याएको सकारात्मक परिवर्तनको कुराहरू हिमाली स्वरहरूमा सुनाउदै हुनुहुन्छ।
पुण्डरी अर्यालको “जीवन यात्रा अनुभव”को पहिलो भाग तलको लिंकमा सुन्न सकिन्छ।

Happy Listening!

Himali Sworharu-Online Media Project
(We invite you to listen Himali Sworharu-Nepali Online Radio Program
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

1508156_745851912129160_5702220951047361236_n

Share

Leave A Response »