हिमाली स्वरहरु – अमेरिकाको नेपाली समुदाय र नेजसको चुनाबी चर्चा

अमेरिकाको नेपाली समुदाय र नेजसको चुनाबी चर्चा

admin November 3, 2014 0

नेपालका राजनीतिक दलका प्रवासमा रहेको भातृ सङ्गठनहरू जे जति छन् उनीहरूको काम आफू बसेको समाज, समुदाय भन्दा पनि आफूले छाडी आएको देश र आफूले आस्था राखेको राजनीतिक दललाई विभिन्न् किसिमबाट सहयोग गर्नु नै हो । विशेष त आर्थिक सहयोग दिने, चुनावको क्रममा देश बाहिर प्रचार प्रसार गर्ने, आफ्नू पार्टीको राजनीतिक विचारलाई विदेश तिर प्रचार प्रसार गर्नु, र उक्त पार्टीका नेताहरू घुम्दै फिर्दै विदेश आए उनीहरूलाई विमानस्थलबाट स्वागत सम्मान गर्दै सहर घुमाउने र मिष्ठान भोजन खुवाउनु हो। त्यति बाहेक यी राजनीतक दलका यस्ता भातृ सङ्गठनको अरू केही भूमिका छैन। तथापि मौका मिल्यो भने स्वदेशमा गएर कुनै मन्त्रीको सल्लाहकार हुने वा विदेश तीरको कुनै पद मिले लिने नै यस्ता भातृ सङ्गठनका पदाधिकारीको उदेश्य हुन्छ।देशमा फर्केर राजनीति नै गर्ने भए यहाँ यस्तो अनुत्पादक राजनैतिक दाउ पेचमा आफ्नू समय र सृजनशील शक्ति प्रवासमा खर्च गर्दैनन थिए होलान्! दैनिक रूपमा विभिन्न काममा व्यस्त भए पनि सप्ताहान्तमा हुने सामुदायिक गतिविधिमा प्रमुख अतिथि बनेर, आफ्नू दलका नेताहरूको “गोटी” बनेर त्यसै अनुसार चल्दै आत्म रतिमा रमाउनु नै प्रवासमा रहेका राजनैतिक दलका भातृ सङ्गठनका नेताहरूको दैनिकी हो।

सन्दर्भ नेपाली जन सम्पर्क समितिकी अमेरिकाको आउदै गरेको चुनावको हो। उनीहरूलाई अमेरिकाको आउदै गरेको मध्यावधि चुनावको बारेमा सायदै थाहा होला। आफ्नू राज्यबाट को को उठेका छन् कुन कुन उम्मेदवारहरु हुनुहुन्छ?भोट हाल्ने दिन कहिले होला ? नजिकै को भोटिंग स्थल कहाँ होला? आफू बसेको राज्यको समस्या, आफ्नू समुदायले भोगेको समस्या के होला, सायदै थाहा होला!

तर नेपाली जन सम्पर्क(नेजस) समिति अमेरिकाको अध्यक्ष पदमा आनन्द बिस्ट ,विष्णु सुवेदी, कृष्ण लामिछाने, मुनिन्द्र नोम्मोड, प्रमोद सिटौलाको नाम चर्चामा रहेको नेजस प्रति चासो राख्ने सबैलाई थाहा भै सकेको हुनु पर्छ। आनन्द बिस्टले त न्यु योर्कमा पत्रकार ससम्मेलन गरेरै आफ्नू विचार प्रस्ट राखी सकेका छन्।अमेरिकाको टेक्सासको डलासमा आगामी नोभेम्वर २२ र २३ जान सम्पर्क समिति अमेरिकाको चुनाव हुँदै छ।र यसका अग्रपङ्क्तिका कार्यकर्ताहरू यतिखेर डालस पुगी पनि सकेका छन्।

अमेरिकामा बर्षौं देखि बसेका हामी अझै पनि यहाँको राजनीतिक र सामुदयिक बहसमा ओर्लिन सकेका छैनौँ। भएका नेपाली सङ्घ संस्थाहरू पनि अनेक थरी विवाद र झमेलामा परिरहेका हुन्छन्। नेजस पनि यस्तै विवाद बाट अगाडी बढी रहेको संस्था हो। अमेरिकामा रहेका नेपालीहरू समुदायमा समर्पित संस्थाको खोजीमा छन् जसले उनीहरूको समस्या,अधिकार र आवाजलाई यहीको राज्य र केन्द्रमा पुर्‍याउन सकोस,अमेरिकामा नेपालीहरू पनि छन् है भन्ने आभास दिन सकोस, र सबैले आफ्नू भन्न सकोस।

तस्बिर: अशोक पन्त
विचार:सहदेव पौडेल
ananda

Share

Leave A Response »