हिमाली स्वरहरु – सिने न्यु योर्कले “चुम्बक” निर्माण गर्ने

सिने न्यु योर्कले “चुम्बक” निर्माण गर्ने

admin November 3, 2014 0
सिने न्यु योर्कले “चुम्बक” निर्माण गर्ने

सिने न्यु योर्कले “चुम्बक” निर्माण गर्ने

मोक्तान डिजिटलका सञ्चालक एवं क्यामेरामेन शम्भु मोक्तान र लिला राईको संयुक्त लगानीमा नेपाली चलचित्र “चुम्बक-द म्याग्नेट” निर्माण हुने जानकारी नोभेम्बर २, आइतबारका दिन न्यु योर्कको थकाली किचेन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो।

चलचित्रमा रवि राज अर्यालको निर्देशन हुने छ। निर्देशक अर्यालको पछिल्लो चलचित्र “डा. खाते” हाल न्यु योर्कमा प्रदर्शन पनि भएको थियो।

चलचित्र “चुम्बक-द म्याग्नेट” अमेरिकामा रहेका आप्रबासीहरुको कथामा आधारित हुने र अमेरिका आफैमा कसरि “चुम्बक” हो भन्ने भाव प्रस्तुत हुने यसका कथाकार एबं अमेरिकामा आप्रबासीहरु संग नजिक रहेर काम गर्नु हुने अधिबक्ता विनोद रोकाले जानकारी दिनु भयो।

हाल चलचित्रको कथा,नाम र चलचित्र बनाउने निर्णय बाहेक अरू तयारी केही नभएको र अब बिस्तारै कलाकारको चयनको काम सुरु हुने जानकरी पत्रकार सम्मेलनमा दिईयो।
सकेसम्म अमेरिकामै रहेका कलाकारहरू यसको प्रमुख भूमिकामा हुने र असि प्रतिशत छायाँकन अमेरिका र बिस प्रतिशत छायांकन नेपालमा हुने छ। चलचित्रको बजेट ६० हजार डलर छुट्याइएको निर्माण पक्षले जनाएको छ।

​​
chumpak1

chumbak3

chumbak1

chumbak2
chumbak4

Share

Leave A Response »