हिमाली स्वरहरु – न्यु योर्कका नेपाली युवाले आत्महत्या गरे

न्यु योर्कका नेपाली युवाले आत्महत्या गरे

admin November 30, 2014 0

विगत साँढे दुई वर्ष अघि अमेरिका आएका दाङ्ग स्थायी घर भएका मोहन ओलीले आफू बस्दै आएको न्यु योर्क, रिजवुडको घरको तिन तल्लाबाट हामफालेर आत्महत्या गरेका छन्।घटनाको बारेमा जानकारी दिने उदेश्यले आयोजना गरेको सामुदायिक भेटमा जानकारी दिए अनुसार शनिवार, नोभेम्वर २९, दिउँसो साँढे १२ बजे यो घटना घटेको हो।प्रतक्ष्यदर्शीले हाम फालेको देख्ने बित्तिकै प्रहरीलाई फोन गरेर अस्पतालमा पुर्याए पछि मृत घोषणा गरिएको जानकारी दिईयो। मृतक ओली लामो समय देखि “डिप्रेशन” को सिकार भएको र अस्पतालबाट हालै डिस्चार्ज भएर औषधी खादै गरेको जानकारी मृतक ओलीलाई लामो समय देखि सहयोग गर्दै आउनु भएकी इन्दिरा जी.यमले बताउनु भयो। शुक्रबार साँझ मात्रै साथीको पारिवारिक भेटघाटमा गएर सर सहयोग गरि रमाइलो गरि फर्केका ओलीले यसरि आफ्नु ज्यानै लेलान भनेर सोच्न समेत नसकेको इन्दिरा जी.यमले बताउनु भयो।

मृतक ओलीको लास यति खेर पोस्ट मार्टमको लागि कुइन्स अस्पतालमा रहेको जानकारी रिजवुड नेपाली समाजका पूर्व अध्यक्ष मोहन ज्ञवालीले दिनु भएको छ।नेपालमा मृतकको परिवार सँग भएको कुराकानीको क्रममा उहाँहरूले लासलाई नेपाल पठाइदिनु हुन् अनुरोध गर्नु भएको छ।मृतकको नेपालमा आमा,बुबा,३ दाजुभाइको साथमा श्रीमती र एक छोरी छन्।

रिजवुड नेपाली समाजले मोहन ओलीको अन्तिम संस्कारको सहयोगको लागि आपतकालीन बोलाएको भेटमा २,४८७ डलर सहयोग उठेको छ। यदि लास नेपाल पठाउनु परे करिब ३ हजार र यही दाह संस्कार गरे करिब ६ हजार खर्च हुने मोहन ज्ञवालीले जानकारी दिनु भयो। थप सहयोग गर्न इच्छुकले रिजवुड नेपाली समाजका तल उल्लेखित व्यक्तित्वहरुलाई सम्पर्क गर्न आग्रह गरिएको छ:
यदि कुनै महानुभाव तथा संस्थाहरुले यस अन्त्येष्टि कार्यको लागि सहयोग गर्न चाहनुहुन्छ भने कृपया यस संस्थाको निम्न कार्यसमिति सदस्यहरुलाई सम्पर्क गर्नुहुन अनुरोध गर्नु भएको छ।

सरोज श्रेष्ठ 718-812-8011
तुलसीराम आचार्य 347-204-6040
डिल्लीराम सिवाकोटी 347-218-2503
राजेश भट्ट 718-404-4501
राधिका तामाङ्ग 646-552-3119
मीना गुरुङ्ग 917-628-6187
अमर अधिकारी 917-288-7724
Photo from Mohan Oli’s Facebook.

Share

Leave A Response »