हिमाली स्वरहरु – अनेसास, न्यू योर्क च्याप्टरको साहित्यिक कार्यक्रम ​ सम्पन्न ​(Photos/Video)

अनेसास, न्यू योर्क च्याप्टरको साहित्यिक कार्यक्रम ​ सम्पन्न ​(Photos/Video)

admin January 13, 2015 0

अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू योर्क च्याप्टरको आयोजनामा न्यूयोर्कको सत्यनारायण मन्दिरमा जनवरी ११का दिनमा शताव्दी पुरुष डा. सत्यमोहन जोशीको सम्मान तथा कवि शिरोमणी लेखनाथ पौडेल, कवि भूपी शेरचन र वरिष्ठ उपन्यासकार लैनसिह बाङदेलको जन्मजयन्ती एवं विविध साहित्यिक कार्यक्रम सम्प्पन भएको छ।

सामूहिक रूपमा नेपाली राष्ट्रिय गाना ​गाएर सुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिले पानसमा बत्ती बाल्दै स्रष्टाहरूको तस्बिरमा पुष्प अर्पण गरी कार्यक्रमको सुरुवात गर्नु भयो, उपस्थित साहित्यकारहरुलाई अनेसास न्यूयोर्क च्याप्टरका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो भने अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको शुभकामना सन्देश पढेर सुनाइएको थियो।
कार्यक्रममा शताव्दी पुरुष डा सत्यमोहन जोशीको छोटो परिचय गीता खत्रीले प्रस्तुत गर्दै उहाँको सम्मानमा तयार पारिएको सम्मानपत्रलाई पढेर सुनाइ डा. जोशी समक्ष पुर्याईदिन अनेसासका आजीवन सदस्य विना कोइरालालाई हस्तान्तरण गर्नु भएको थियो । कविशिरोमणी लेखनाथपौडेलको जिवनीको सक्षिप्त परिचय प्रतिध्वनीका प्रमुख सम्पादक धनीराम सापकोटाले प्रस्तुत गर्नु भएको थियो भने कवि भूपी शेरचन र वरिष्ठ उपन्यासकार लैनसिहं वाङदेलको जिवनीको संक्षिप्त विवरण पत्रकार प्रदिप थापामगरले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा न्युयोर्कमा बसेर साहित्य सिर्जनामा संलग्न रही कम्तीमा एउटा पुस्तक प्रकाशित गरिसक्नु भएका केही सर्जकहरुलाई सम्मान स्वरूप फूलका गुच्छा र एक सेट डायरी र कलम उपहार प्रदान गर्दै अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष विष्टले स्रष्टाहरूलाई सम्मान गर्नु भएको थियो, सम्मानित हुनुहुनेहरुमा शान्ता घिमिरे , शेखर ढुङेल ,प्रदीप थापा,विष्णु माया परीयार ,गिता खत्री ,कमला प्रसाइ,पुन्डरी अर्याल ,पुनम काफ्ले,ज्योति पौडेल ,बिना कोइराला र गिता पन्थ हुनुहुन्थ्यो। यसै अवसमा साहित्यकार शेखर ढुंगेलको परिवर्तनका लागि विवेकशीलता नामक कृतिको समीक्षा विष्णु बैजुले गर्नु भएको थियो ।


तस्विरहरुको लागी:

कार्यक्रमको दोस्रो चरणमा उपस्थित स्रष्टाहरुले आ आफ्नो कविता वाचन गर्नु भएको थियो वाचन गर्नुहुनेहरुमा गिता खत्री,कमला प्रसाइ,पुन्डरी अर्याल ,पुनम काफ्ले,ज्योति पौडेल ,बिना कोइराला,विकास विष्ट ,सहदेव पौडेल,शान्ता घिमिरे ,शकुन्तला ज्ञवाली ,विजया सिम्खडा,अशोक के सी , कृष्ण पाण्डे ,बन्धु पोख्ररेल ,जित कुँवर , पुर्णिमा जी सी ,पुश्पा बुढा ,श्रीनिती रिजाल, लक्ष्मी श्रेष्ठ ,कुन्ती थापा र माधव पराजुली हुनुहुन्थ्यो । कार्यक्रममा शोभा गौतम,पुन्डरी अर्याल , बिमला तिमिल्सेना र विजया सिम्ख्डालाई अ ने सा स को आजीबन सदस्यता वितरण गरिएको थियो।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिले अनेसासले नेपाली भाषा साहित्यको लागि विदेशमा बसेर धेरै कार्यहरू गरिरहेको भन्दै सराहना गर्नु भयो । आर्थिक सहयोग बाहेक अन्य कुराको सहयोग गर्न नेपाल सरकार सधैँ तयार भएको कुरा बताउनु भयो । लामो समय सम्म आफ्नो अमूल्य समय दिएर कार्यक्रमको शोभा बढाइ दिनु भएकोमा सम्पूर्ण उपस्थिति महानुभावहरुलाई कोषाध्यक्ष सुनिता शर्माले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।अन्तमा अनेसास न्यूयोर्क च्याप्टरका अध्यक्ष विकास विष्टले कार्यक्रममा उपस्थित सबै साहित्यकार र साहित्यप्रेमी सबै लाई धन्यवाद दिदै दिनु भएको थियो। कार्यक्रमको संन्चालन च्याप्टर सदस्य शकुन्तला ज्ञवाली र महासचिव बन्दना कोइरालाले गर्नु भएको थियो ।

Share

Leave A Response »