हिमाली स्वरहरु – एनआरएन एनसिसि अफ अमेरिकाको नयाँ सदस्यता वितरण तथा नविकरण सम्बन्धी सूचना

एनआरएन एनसिसि अफ अमेरिकाको नयाँ सदस्यता वितरण तथा नविकरण सम्बन्धी सूचना

admin January 30, 2015 0

एनआरएन एनसिसि अफ अमेरिका को नयाँ सदस्यता वितरण तथा नविकरण सम्बन्धी सूचना

एनआरएन एनसिसि अफ अमेरिकाले सदस्यता वितरण र नविकरण गरिसक्नु पर्ने दिनको पुर्व सन्ध्यामा एक सूचना जारी गरेको छ। सुचनामा एनआरएन एनसिसि अफ अमेरिकाको सदस्य सङ्ख्या सातहजार पाँच सय (अघिल्लो पल्ट भन्दा दोब्बरको सङ्ख्या ) को हाराहारीमा अगाडि आएको बताइएको छ। यसै सन्दर्भमा, एनआरएन एनसिसि अफ अमेरिकाको नयाँ सदस्यता वितरण र नविकरणको अन्तिम समय अत्यन्त नजिकै आइरहेको परिप्रेक्ष्यमा यहाँहरुको सुविधालाई अधिकतम ध्यानमा राखेर एनआरएन एनसिसि अफ अमेरिकाले निम्न समयसीमाको निर्धारण गर्दै सबैलाई सम्पूर्णले यसै अनुुसार गर्नु र गराउनु हुन एनआरएन एनसिसि अफ अमेरिका हार्दिक अनुरोध गरेको छ।
१. एनआरएन एनसिसि अफ अमेरिकाको आधिकारिक वेव साइट www.nrnnccusa.org मा दर्ता हुन आउने अनलाइन र्फम January 31, Saturday 11.59 Pm. (Pacific Time) सम्म स्विकारिने छ उक्त समय पश्चात् र्फम दर्ताको लिङ्क लाई डिसेबल गरिनेछ ।
२. यहाँहरुले म्यानुअल्लि भर्नु भएको र्फम (Paper Form) हरू January 31, Saturday 8 Pm. 2015 (Eastern Time) सम्म एनआरएन एनसिसि अफ अमेरिकाको न्युर्याक स्थित केन्दिय कार्यलयमा अनिवार्य रूपमा ल्याई बुझाई सक्नु पर्नेछ र उक्त बुझाइएका फर्महरू र सो बापतको शुल्कलाई भविष्यमा कुनै पनि किसिमको असमझदारी उत्पन्न नहोस भन्ने विचार गरि एनआरएन एनसिसि अफ अमेरिकाको कार्यसमितीमा रहनुभएका सदस्यहरूको रोहोवरमा बुझिलिईनेछ यसरि प्राप्त र्फममा उल्लेख भएका सदस्य माहानुभावहरूलाई आसन्न निर्वाचनको लागि मान्यता दिइने र त्यसपछि आउने फर्महरुलाई भने अर्को व्यवस्था नभएसम्मको लागि तामेलिमा राखिने छ ।
३. निर्धारित समय भित्र अन लाइनमा र्फम रजिष्टेशन भएर तर बंकिङ्ग ट्रान्जेक्शन सेटल हुन नसकि पेन्डिङ्गमा रहनु भएका सदस्य महानुभाव हरुकाका हकमा निर्धारित समयावधि पछिको सात दिन अर्थात् Feburary 07, Saturday 8 Pm. 2015 (Eastern Time) सम्म यहाँलाई पेमेन्ट सेटलमेन्टको अवसर प्रदान गरिनेछ । उक्त समयभित्र ट्रान्जेक्शन सेटलमेन्ट नभएको स्थितिमा यहाँ हरुले एप्लाई गर्नृ भएको अनलाइन र्फमहरू स्वतः बदर गरिनेछ ।
४. यहाँ हरुलाई अवगत नै छ, एनआरएन एनसिसि अफ अमेरिकाको आसन्न निर्वाचन यही मे महिना भित्र सम्पन्न हुन गईरहेकोछ अतः उक्त चुनावमा सक्रिय रूपले मतदाताको रूपमा भाग लिनको लागि यहाँहरुको सदस्यताको नविकरण हुनु अनिवार्य रहेकोछ । तर यदि अधिल्लो वर्ष यहाँहरुले यस संस्थाको लाईफ मेम्बर अथवा २० डलर तिरेर साधरण सदस्यता ग्रहण गर्नु भएको छ भने यहाँ हरुको सदस्यताको वहालअवधि आगामी निर्वाचन प्रयोजनका लागि मान्य हुने छ ।
५. पेमेन्ट भेरिफिकेशन, नाम दर्ता, इमेल, फोन नं अथवा ठेगाना थपघट, परिवर्तन तथा अन्य कुनै पनि समस्या तथा जिज्ञासाको लागि यहाँ हरुले निम्न व्याक्ति हरू सँग सम्र्पक राखी आप्नो समस्याको समाधान गर्न सक्नुहने छ ।
(क) श्री श्री पराजुली —३४७४४९४७५३ (उपाध्यक्ष)
(ख) श्री कृष्ण पोख्रेल—९१७५७४०८०९(महासचिव)
(ग) श्री बेदराज बस्नेत—६८२४७२९१३७ (कोषाध्यक्ष)
(घ) श्री कृष्ण के.सि.— ५१०२०६१९२० (मिडिया को—अर्डिनेटर)
(ड.) श्री संजिव श्रेष्ठ—३४७३८७४३१६ (सह—कोषाध्यक्ष)
(च) श्री नबराज खडका—३४७७५७८७४८ (न्युर्याक अफिस—कार्यालय सचिव)
पूनश्चः यहाँहरुले एनआरएन एनसिसि अफ अमेरिकाको गत चुनाव ताका १० डलर तिरेर ग्रहण गर्नुभएको साधरण सदस्यताको बहाल अवधि यस वर्षको अप्रिल सम्म रहेको छ यधपि यस संस्थाको आगामी कार्यकालको लागि चुनाव भने यही वर्ष अर्थात् सन् २०१५ को मे महिनामा सम्पन्न हुने हुनाले उक्त चुनावमा भाग लिन सम्पूर्ण साधारण सदस्यहरू एवं गत वर्षको चुनावमा सहभागी हुनभएका साधरण सदस्य महानुभावहरूले एनआरएन एनसिसि अफ अमेरिकाकाको आधिकारिक वेवसाइट www.nrnnccusa.org मा online मार्फत January 31, Saturday 11.59 Pm. (Pacific Time) सम्म आप्नो सदस्यताको नविकरण अथवा नयाँ दर्ता गर्नु हुन एनआरएन एनसिसि अफ अमेरिका यहाँहरू सबैमा पुनः हर्दिक अनुरोध गरिएको छ।

एनआरएन एनसिसि अफ अमेरिकाका महासचिब कृष्ण पोखरेल द्वारा प्रेषित समाचार


Share

Leave A Response »