हिमाली स्वरहरु – न्यु योर्कमा ​”मेक इट ह्यापन” कार्यक्रम सम्पन्न

न्यु योर्कमा ​”मेक इट ह्यापन” कार्यक्रम सम्पन्न

admin February 24, 2015 0

न्यु योर्कमा ​”मेक इट ह्यापन” कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय नारी दिवस २०१५ को अवसर पारेर न्युयोर्कवासी नेपाली महिलाहरूले फेब्रुअरी २१का दिन “मेक इट ह्यापन” कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रममा अमेरिकी लेखिका एवं नाट्यकर्मी हिदर हार्पमको एकल प्रस्तुति सँगै म्युजिसियन तारा लिन्हर्द, सारंगीवादक श्याम नेपाली, न्हुंछे डंगोल, राज कपुर, विमल बुढाथोकीको साङ्गीतिक प्रस्तुति रहेको थियो। त्यसै गरी कार्यक्रममा गायक यम बराल, विमल डांगी, कृष्टि मैनालीकी सुपुत्री रिया मैनाली, कलाकारहरू सञ्जु सुवेदी , गिनिज रेकर्डधारी रोहित तिमल्सिना, सञ्चारकर्मी रितु राम्दाम, गायिकाहरु दिपा थापा ढुंगेल, विजय सिंखडा लगायतको प्रस्तुति रहेको थियो । कार्यक्रममा युवा समाजसेवी झरना सेर्पाले आफ्नो परोपकारी वेबसाइट www.jharanasherpa.com को सुरुवात गरेकी थिइन् ।

कार्यक्रमका संयोजकहरु कुन्ती थापा र सुनिता शर्मा उपाध्यायले अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर संसारभरिका नारीहरू आफ्नो हक र अधिकारका लागि सङ्गठित भएर हरेक क्षेत्रमा अगाडी लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा कलाकार कृष्टि मैनालीले नारी शिक्षित भए संसारै शिक्षित हुने घारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै, महिला उधमी युली लाेंले नारी र पुरुष मिलेर अगाडी बढे संसार सुन्दर हुने विचार प्रकट गर्नुभएको थियो । न्युयोर्क जस्तो विविधताले भरिपुर्ण सहरमा विविध देशका कलाकारहरु एकै मंञ्चमा आएर प्रस्तुुती गराउनु निकै नै ठुलो अवसर भएको
​ भन्दै अनुज थापा र दिपिका श्रेष्ठले
​कार्यक्रम ​
सञ्चालन गरेका थिए।

मौसमको प्रतिकुलताका बाबजुद पनि दर्शकको उत्साहजनक सहभागिता रहेको कार्यक्रमबाट उठेको सहयोग रकम ललितपुरको टंगलस्थित सुस्तमनस्थित कल्याण विधालयलाई दिइनेछ । कार्यक्रमका हरेक प्रस्तुतिहरु महिला सशक्तिकरणमा केन्द्रित थियो ।

(अनुज थापाले पठाउनु भएको समचारमा आधारित)

group photo

Share

Leave A Response »