हिमाली स्वरहरु – नेपाली-अमेरिकन समुदायमा पोलिटिकल एक्सन कमिटिको निर्माण (Video)

नेपाली-अमेरिकन समुदायमा पोलिटिकल एक्सन कमिटिको निर्माण (Video)

admin February 8, 2015 0

अमेरिकाको मुलधारको राजनीतिमा अमेरिकाका नेपालीहरूले कसरि आफ्नू आवाजलाई पुर्‍याउन सक्छन्? हामी नेपाली-अमेरिकनहरु कसरि यहाँको स्थानीय राजनैतिक छलफल र प्रक्रियामा कसरि सहभागी हुन सकिन्छ भन्ने विषयमा छलफल गर्न र पोलिटिकल एक्सन कमिटी निर्माण गरी समय र परिस्थिति अनुसार हरेक राजनीतिक पार्टी र उमेद्वारहरुलाई सहयोग गर्ने उद्धेश्य लिएर नेपाली -अमेरिकनहरुले न्यु योर्कमा पोलिटिकल एक्सन कमिटीको निर्माण सुरु गरेका छन्।

फेब्रुवरी ७, आइतबारका दिन न्यु योर्क नेपाली समुदायका डा तारा निरौला र एटोर्नी द्वय विनोद रोका र दुर्गा भुर्तेलको संयोजकत्वमा न्यु योर्कमा नेपाली पत्रकार र समाजका अन्य व्यक्तित्वहरुको बिचमा सम्पन्न एक अन्तरक्रियामा पोलिटिकल एक्सन कमिटीको आवश्यकता र यसको कामको बारेमा जानकारी दिइयो।

आगामी दिनहरूमा नेपाली-अमेरिकन समुदायलाई आफू बसेको समुदायको राजनैतिक परिवेश र भविष्यमा नेपाली-अमेरिकन समुदायबाट नै नेपाली-अमेरिकन नेतृत्वको खोजी गर्ने र मुलधारको राजनीतिमा प्रतिनिधि गर्न सक्ने व्यक्तिको लागी सहयोग गर्ने जस्ता विविध विषयमा पोलिटिकल एक्सन कमिटिले सहयोग गर्ने जानकारी दिईयो।
10394010_764523833637524_8878460237903476745_n

Share

Leave A Response »