हिमाली स्वरहरु – सामाजिक न्यायका लागि कार्यरत “अधिकार” को दसौँ बार्षिकोत्सब (Audio/Photos/Video)

सामाजिक न्यायका लागि कार्यरत “अधिकार” को दसौँ बार्षिकोत्सब (Audio/Photos/Video)

admin March 8, 2015 0
सामाजिक न्यायका लागि कार्यरत “अधिकार” को दसौँ बार्षिकोत्सब (Audio/Photos/Video)

सामाजिक न्यायका लागि कार्यरत “अधिकार” को दसौँ बार्षिकोत्सब

मार्च ७, २०१५ शनिवार,
न्यु योर्कको नेपाली भाषी समुदायमा विगत दश वर्ष देखि सामाजिक न्याय र अधिकारका लागि कार्यरत संस्था “अधिकार”ले आफ्नू स्थापनाको दसौँ बार्षिकोत्सब मनाएको छ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्युयोर्कका आयोजित उक्त कार्यक्रममा अधिकारले गरेको सङ्घर्ष र नेपाली भाषी समुदायलाई गरेको सहयोगको चर्चा गरिएको थियो भने नुकु सेर्पा, राम गुरुड०्, गोमा योन्जन, समी रेग्मीले अमेरिका आफूले गरेको दु:खसुख र अधिकारले गरेको सहयोगको अनुभव सुनाउनु भएको थियो
कार्यक्रममा ‘अधिकार’ की संस्थापक निर्देशक लुना रंजितले ‘अधिकार’ ले नेपाली समुदायको लागि गरेको सङ्घर्ष र सफलताको कथा सुनाउनु भएको थियो ।

अधिकारले भाषा कक्षा, स्वास्थ्य बिमा, समान अधिकार, लगायत न्यु योर्क राज्यले इमिग्रेशन समुदाय विविध सेवामुलक कार्यक्रमलाई समुदायमा पुर्याउने काम गर्छ।

कार्यक्रममा न्युयोर्कका काउन्सिल मेम्बरहरुका सहयोगी लगायत मेयरको कार्यालयको इमिग्रेशन अफियर्स कमिस्नर निशा अग्रवालको उपस्थिति रहेको थियो। उक्त अवसरमा अधिकारलाई न्यु योर्क सहरका कम्पट्रोलरको कार्यालयको तर्फ कमेंडेशन अर्थात् प्रशंसा पत्र पनि प्रदान गरिएको थियो।

कार्यक्रममा गायिका पबिता परियार र गायक तिलक श्रेष्ठले “कोही त भने जहाजमा हरर…” गीत सुनाउनु भएको थियो भने अन्य थुप्रै सहभागीहरुले अधिकार सँगको अनुभव,कविता र विचारहरू व्यक्त गर्नु भएको थियो। पुनम राना मल्ल र राजी पोख्रेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने अधिकारकै नर्बदा क्षेत्रीले सहभागी सबैलाई धन्यवाद ज्ञापन दिनु भएको थियो।


Share

Leave A Response »