हिमाली स्वरहरु – रिजवुड लगायत बिभिन्न स्थानमा भएका सहयोग र प्रार्थनाका कार्यक्रमहरु (Photos)

रिजवुड लगायत बिभिन्न स्थानमा भएका सहयोग र प्रार्थनाका कार्यक्रमहरु (Photos)

admin April 30, 2015 0

रिजवुड नेपाली समाज र नेपाली अमेरिकन युथ एसोसियसन(नया)ले स्थानीय रिजवुडको पार्कमा नेपालमा भएको महा -भूकम्पमा ज्यान गुमाउनेहरुको आत्माको चिरशान्तीको र घाइते एबं पिडितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै एक मिनेट मौन धारणा गर्दै प्रार्थना कार्यक्रम आयोजना गर्‍यो। उक्त प्रार्थनामा स्टेट एसेम्बली माइकल मिलर , नेपाल बाणिज्य दुतावासका उप बाणिज्यदुत प्रबिण भट्टराई लगायत रिजवुड वरपरका स्थानीय प्रतिनिधि र सर्बसाधारणको ठुलो सहभागिता थियो।

त्यसै गरि अप्रिल २६ का दिन ज्याक्सन हाइट्समा पनि प्रार्थना एवं सहयोग संकलन कार्यक्रम सम्पन्न भएको थियो

Whereever we are-we are standing together for Nepal. #Prayer

Posted by Sahadev Poudel on Sunday, April 26, 2015

भूकम्प पिडितहरुको सहयोगको लाग रिजवुड नेपाली समाजले मात्रै हाल सम्म २१ हजार डलर बराबरको सहयोग रकम सङ्कलन गरी सकेको छ। त्यसै गरी नयाका साथीहरू चाडै नै आवश्यक सर-सामग्री सहित राहतको लागे नेपाल जाने जानकारी पनि उक्त प्रार्थना कार्यक्रममा जानकारी दिईयो।
थप सामग्री र सहयोग भए तल उल्लेखित ठेगानामा पुर्याउन हुन् अनुरोध गरिएको छ।
Ridgewood Nepalese Society
789 Wyckoff Ave,
Ridgewood, NY,11385
646-945-9610

त्यसै गरि न्यु योर्कको ज्याक्सन हाइट्समा “पेन्ट्स नेल्स सेभ नेपाल” अभियानमा हातमा निशुल्क नेल पालिस लगाइदिने र उठेको पैसा नेपालमा भूकम्प पिडितको लागि राहत स्वरुप पठाउन थुप्रै स्वंसेबी खटिरहेका छन्।

दु:खले मानिसलाई जोड्छ हामी सारा नेपाली अहिले जोडिने क्रममा छौं| यो त्राषद र विपदले दिएको यहि एउटा असल सन्देश र सकारात्म…

Posted by Shailesh Shrestha on Thursday, April 30, 2015

त्यसै गरि यो बिपतको घडीमा कानुनी कागज पत्रको अभाबमा आफ्नु घर ए परिवार भेट्न जान नसक्नु हुनेहरुको समस्यालाई ध्यानमा राखेर अमेरिकी सरकारले इमिग्रेसन एण्ड नेशनालिटी एक्टको प्राबधान अन्तर्गत जारी गर्न सक्ने टीपीएस (टेम्परेरी प्रोटेक्टेड स्टाटस) सुबिधा कसरी लिन सकिन्छ भन्ने बारेमा पनि बिषयगत बिज्ञं र समुदायका व्यक्तिहरु बिच छलफल प्रारम्भ भएको छ।

न्यु योर्क वरपर दिनकै जसो बिभिन्न सहयोगी संघ सँस्थाहरुले लत्ता कपडा, औषधि आदि सामग्रीपनि नेपाल पठाई रहेको छ। सहयोगको शिल शिला निरन्तर छ तथापी दिएको सहयोगको सहि सदुपयोग होस् भनेर पनि धेरैले जोड दिनु भएको छ
17323456432_887c9d8466_z

Share

Leave A Response »