हिमाली स्वरहरु – नेपालमा गएको महा-भूकम्प पछि अमेरिकामा यसरि हुँदै छ सहयोग र प्रार्थना

नेपालमा गएको महा-भूकम्प पछि अमेरिकामा यसरि हुँदै छ सहयोग र प्रार्थना

admin April 29, 2015 0


एन आर एन अमेरिकाले दुई करोड नेरु सहयोग गर्दै

एनआरएन अमेरिका ले दुई लाख डलर (दुई करोड नेपाली रुपैया) तुरुन्त महाभूकम्पको उद्धार कार्यमा तत्काल खर्च गर्न निकासा गर्ने निर्णय गरेको सुखद खबर र एनआरएन अमेरिकालाई सम्पूर्ण नेपालीहरूको तर्फबाट धन्यवाद. यो दुई सय हजार डलर (नेपाली दुई करोड) मौजुदा रहेको “ईमर्जेंसी फण्ड”, निर्वाचन गरेर बचेको रकम, र अहिले पछिल्लो समय उठाईएको चन्दा सहयोग रकम जोडेर सम्भव भएको हो| एनआरएनले भूकम्पबाट सबैभन्दा ठुलो क्षति ब्यहोरेका सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिङ, रसुवा, काभ्रे र रामेछाप गरी कुल ७ वटा जिल्लाका भूकम्प पीडितलाई राहत प्रदान गर्ने तयारी गर्दै छ

IME बाट पैसा पठाउदा फि तिर्नु पर्दैन

न्यु योर्क बाट IME का जानकारी दिनु भए अनुसार IME बाट पैसा पठाउदा कुनै शुल्क तिर्नु पर्दैन!

नेपाल मिशनले के गर्दै छ?

ज्योति कुमार श्रेष्ठ

अप्रिल २७, २०१५ सोमबार ।
नेपाल मिशनको कार्यालय, न्यूयोर्क ।

नेपाल मिशन कार्यालयका Deputy Permanent Representative सेवा लम्सालको संयोजकत्वमा गत शनिवारको महाभूकम्पबाट पीडित नेपालीहरूलाई राहत सहयोग पुर्याउने बारे बिचार बिमर्श गर्न एक छलफल कार्यक्रम आयोजना गरियो ।
स्थानीय संचारकर्मीहरु एवं समाजसेवीहरुको उपस्थित रहेको सो छलफल कार्यक्रममा एनआरएन अमेरिका अध्यक्ष खगेन्द्र जिसीले नेपालमा भूकम्प पिडीतहरुलाई धेरैले राहत सामाग्री र नगद रकम सहयोग गर्न चाहेको तर नेपाल पुगेपछि सो सहयोग वितरणको प्रक्रिया बारे सरकारले प्रस्ट पार्नु पर्ने र त्यसको लागि नेपाल मिसनको कार्यालयले कम्युनिकेट गरिदिए राम्रो हुने बताउनु भयो ।

समाजसेवी डा. तारा निरौलाले नेपाल सरकारले चाहेको सहयोग बारे नेपाल मिशनको कार्यालयले कोअर्डिनेट गरेर एनआरएन अमेरिकालाई कम्युनिकेट गरिदिएमा उचित हुने बिचार राख्नु भयो ।

सामाजिक संस्था ‘अधिकार’ का नर्वदा क्षेत्रीले एनआरएन र नेपाल मिशन बिच समन्वय गरी एउटा कमिटी बनाएर यहाँ सङ्कलन गरिएको राहत सामाग्री र नगद रकम नेपाल पठाउने व्यवस्था भए उचित हुने सुझाव दिनु भयो ।

पूर्व शेर्पा किदूक मेम्बर नुकु डी शेर्पाले भूकम्प पिडीतहरुको लागि १५०० थान कम्बल र अन्य राहत सामाग्री जम्मा भएको बताउनु भयो ।

APPNA नामक मेडिकल संस्थामा कार्यरत ल्हेमी शेर्पाले भूकम्पबाट घाइते बिरामीको उपचारमा संलग्न हुन उक्त मेडिकल संस्थाबाट चिकित्सक समेतको स्वास्थ्य टोली उपचार सामाग्री लिएर नेपाल जान तयार रहेको तर प्रक्रिया बारे अन्योल रहेकोले अप्ठ्यारो भएको बताउनु हुँदै यथाशिघ्र अन्योलता हटेमा राम्रो हुने र समय मै घाइते बिरामीले उपचार पाउन सकिने सुझाव राख्नु भयो ।

केहि लेख्न खोज्छु,-थरथरी कांप्छु म | मस्तिष्क फतक्कै गलेको यो पल नि:शब्द बस्नु पनि सक्दिन | यत्ति बेला देशको नक्सा हेरी …

Posted by PraShan Alung Rai on Saturday, April 25, 2015

कार्यक्रमका अर्का सहभागी एवं सामाजिक कार्यमा चासो राख्ने एनआरएन अमेरिकाका सदस्य सूर्य लम्सालले क्यालिफोर्नियाबाट राहत सामाग्री लिएर कार्गो विमान नेपाल उड्न तयार रहेको तर नेपाल सरकारको जवाफ आईनसकेकोले ढिलाइ भएको बताउनु भयो ।

छलफल कार्यक्रम संयोजक तथा डेपुटी परमानेन्ट रिप्र्जेन्टेटिभ सेवा लम्सालले न्युयोर्कबाट भूकम्प पीडितको लागि सहयोग सङ्कलनमा जुटेको एनआरएन र अन्य संघसंस्था (अन्तराष्ट्रीय समुदाय समेत) सँग समन्वय गर्न चाहेको र संकलित सहयोग पठाउनको लागि नेपाल सरकार सँग तत्काल कम्युनिकेट गरिने बताउनु भयो ।
उहाँले तत्कालको लागि tent; blanket; water purifiers; sanitation kits तथा orthopedic surgeon; Neurologist; paramedic; general surgeon पठाउनुपर्ने आवश्यक भएको बताउनु भयो । साथै त्रिबि स्थल काठमाण्डौमा कन्ट्याक्ट नम्बर र अधिकृत बारे पनि जानकारी गराउनु भयो ।

सो छलफल कार्यक्रममा Consulate General of Nepal का Vice- Consul प्रवीण भट्टराई पनि उपस्थित हुनुहुन्थ्यो ।

Whereever we are-we are standing together for Nepal. #Prayer

Posted by Sahadev Poudel on Sunday, April 26, 2015

शान्ति दीप प्रज्वलन बारे

नेपालमा गएको महाप्रलयबाट ज्यान गुमाउनु हुने नेपाली दाजु-भाइ, दिदी-बहिनीहरूको आत्माको शान्ति र घाइतेहरुको स्वास्थ्य उपचार भई छिटो भन्दा छिटो स्वस्थ लाभ होस् भनी हामी विदेशमा रहेका नेपालीहरू मिली नेपाल र समस्त नेपालीका लागि भोलि साँझ ८ बजे “रिज्वूड नेपाली समाज” र “नयाँ” को संयुक्त आयोजनामा रिज्वूडको पार्कमा शान्ति दीप प्रज्वलन कार्यक्रम रहेको हुँदा सम्पूर्ण नेपाली दाजु-भाइ, दिदी-बहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ ! यसै कार्य सँगै राहत सङ्कलन गर्ने कार्यक्रम रहेको हुँदा आ-आफ्नो तर्फबाट सहयोग गरिदिनु हुन अनुरोध पनि गर्दछौँ !
मिति- अप्रिल २९ बुधवार
समय- साँझ ८ बजे
स्थान- पार्क ( corner of Putnam & Myrtle)

11000708_803752833047957_2512542368191535419_n

11200987_10153279247539777_6055101138010175678_o

Share

Leave A Response »