हिमाली स्वरहरु – अमेरिकाका लागि नवनियुक्त राजदुत डा. कार्की सँगको भेटघाट/ रिजवुड नेपाली समाजले प्रधानमन्त्री राहत कोषमा दियो $२७,५०१(Photos/Videos)

अमेरिकाका लागि नवनियुक्त राजदुत डा. कार्की सँगको भेटघाट/ रिजवुड नेपाली समाजले प्रधानमन्त्री राहत कोषमा दियो $२७,५०१(Photos/Videos)

admin May 15, 2015 0

अमेरिकाका लागि नवनियुक्त राजदुत डा. कार्की सँगको भेटघाट
रिजवुड नेपाली समाजले प्रधानमन्त्री राहतकोषमा दियो $२७,५०१

अमेरिकाका लागी नव-नियुक्त नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीलाई स्वागत गर्दै एन.आर एन अमेरिकाले आज मे १४ का दिन न्यु योर्कमा एक कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रममा नव-नियुक्त राजदूत डा. कार्कीले हालैको महा-भूकम्प पछि नेपाल सरकारले गरिरहेको उद्धार एवं राहत वितरणका कार्यकम, अन्तरास्ट्रिय समुदायबाट प्राप्त सहयोग, नेपाली-अमेरिकन समुदायको सहयोगको बारेमा चर्चा गर्नु भयो। अमेरिकामा रहेका तर नेपाली पासपोर्ट लिन बाट बन्चित नेपालीहरू लाई तत्कालनै पासपोर्ट वितरण सहज बनाउन पहल गर्नुका साथै तथा वर्तमान परिस्थितिमा नेपाल फर्कन नसक्ने नेपालीहरूको लागि अमेरिकी सरकारले उपलब्ध गराउन सक्ने टेम्पोररी प्रोटेक्टेड स्ट्याटस(TPS)को बारेमा सेक्रेटरी अफ स्टेट्स जोन केरी सँग कुरा गरेको र आउने सोमबार आफ़ुनु ओहदाको प्रमाण पत्र बुझाउने दिन राष्ट्रपति ओबामा सँग पनि कुरा राख्ने जानकारी दिनु भयो। र सबै मिलेर यो विपत्तिमा सरकारले स्थापना गरेको प्रधानमन्त्री राहत कोषमा विश्वास गरी एक जुट भएर सहयोग गर्न अनुरोध पनि गर्नु भयो।

नवनियुक्त राजदुत डा अर्जुन कुमार कार्कीले उक्त कार्यक्रममा के भन्नु भयो? सुन्नुहोस भिडियो

कार्यक्रममा रिजउड नेपाली समाजले समुदायबाट संकलित $२७,५०१ डलर सहयोग नेपाली दूतावास, वासिगंटन डिसीका नव-नियुक्त राजदूत डा. अर्जुन कुमार कार्कीलाई हस्तान्तरण गर्‍यो। समाजका अधक्ष्य रवि किरण कोइरालाले यो सहयोगमा नेल्स, ९९ सेन्ट पसल र अन्य ब्यबसायीहरु लगायत दैनिक दुख गरेर काम गरेरे कमाएको पैसा भएकोले नेपाल सरकारले पारदर्शीरुपमा खर्च गरोस भन्ने विचार राख्नु भयो।

एन आर एन अमेरिकाक अध्यक्ष खगेन्द्र जिसीले हालै एन आर एनले नेपालमा गरेको र गर्दै गरेको उद्धार कार्यको चर्चा गर्दै सरकारको कार्यशैलीले प्रधानमत्री राहत कोषमा जनमानसको विश्वास कम भएको भए पनि सहयोगको लागि सरकारलाई विश्वास गर्न पनि अनुरोध गर्नु भयो। थप सहयोग गर्न इच्छुकले कि एन आर एन वा कि सरकारको राहत कोषमा सहयोग गर्न सकिने बताउनु भयो।
एन आर एन अमेरिकाक अध्यक्ष खगेन्द्र जिसीको विचार

कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गा प्र. भट्टराई, सहायक प्रतिनिधि सेवा लम्साल, उप बाणिज्यदुत प्रविन भट्टराई लगायत नेपाली समुदायका विविध व्यक्तित्वहरुको उपस्थिति थियो। कार्यक्रममा एनआरएन उपाध्यक्ष श्री पराजुली, प्रवासी मञ्चका अध्यक्ष सञ्जय थापा, जन सम्पर्क समिति न्युयोर्कका अध्यक्ष रोशन ढुंगाना अधिकारका कार्यकारी लुना रंजितले आ=आफ्नो विचार पनि राख्नु भएको थियो।

संयुक्त राष्ट्रसंघका नेपाली राजदुत दुर्गा प्रसाद भट्टराईले के भन्नु भयो भिडियो हेर्नुहोस

तस्बिर/समाचार/भिडियो
सहदेव पौडेल

DSC_3333

DSC_3338

DSC_3342

DSC_3359

DSC_3397

Share

Leave A Response »