हिमाली स्वरहरु – ​हिरा ​ब.थापा सँगको प्रेरक कुराकानी सुन्नुहोस

​हिरा ​ब.थापा सँगको प्रेरक कुराकानी सुन्नुहोस

admin June 2, 2015 0

​हिरा थापा नेपाल सरकारको अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ। सन् २००८-९ को समयमा उहाँले परराष्ट्र मामला सम्बन्धी प्रधान मन्त्रीको सल्लाहकारको रूपमा पनि काम गर्नु भएको थियो। उहाँ परराष्ट्र मामला सम्बन्धि लेख रचनाहरु पनि लेख्नु हुन्छ |उहाँको बारेमा थप जानकारी यो ब्लगमा पनि पाउन सक्नु हुन्छ|

www.hirabthapa.wordpress.com

अहिले उहाँ अल्मा मेटर (भवानी विद्यापीठ उच्च मा.बि) फलेवास, पर्बतमा प्लस टू लेभलका ​विज्ञान विषयको कार्यक्रमहरू हेर्नु हुन्छ र जो जस सँग जे ज्ञान बिद्या छ उक्त ज्ञानलाई आफ्नो गाउँ सहरको विद्यालयमा उपयोग गर्न अरूलाई प्रेरित पनि गर्नु हुन्छ। अझै जो रिटायर्ड (अवकाश) पछिको समयमा हुनुहुन्छ, यसरि फुर्सदको समयलाई सदुपयोग गरेर जाने बुझेको ज्ञान फेरी आफ्नै गाउँ घरलाई दिनु जस्तो आनन्द केही हुँदैन भन्ने मान्यता राख्नु हुन्छ। हिरा थापा बाकी समयमा भक्ति सङ्गीतमा मन दिनु हुन्छ। र समय समयमा आफ्नो छोरा र छोरीलाई भेट्न अमेरिका आइरहनु हुन्छ।

सुनौ उहाँ सँग गरिको यो छोटो कुराकानी र उहाँले नै गुन गुनाउनु भएको एउटा भक्ति संगीत

कार्यक्रमको प्रतिक्रिया: nepaliradio@gmail.com

​कार्यक्रम सुन्नु भएकोमा धेरै धेरै धन्यवाद ​

​उहाँ सँग करिब तिन बर्ष अघि गरिएको कुराकानी र भक्ति सङ्गीत सुन्न यहाँ क्लिक गर्नुहोस!


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)

hiraBT

Share

Leave A Response »