हिमाली स्वरहरु – रिजवूड नेपाली समाजको शुभकामना साँझ कार्यक्रम सम्पन्न (तस्बिर/भिडियो)

रिजवूड नेपाली समाजको शुभकामना साँझ कार्यक्रम सम्पन्न (तस्बिर/भिडियो)

admin October 31, 2015 0

रिजवुड नेपाली समाजले वर्ष २०१५ को शुभ विजया दशमी, दीपावली, छठ पर्व, नेपाल सम्बत, लोछार, मोहरम तथा उधौली-उभौलीको शुभ अवसरमा शुभकामना आदान-प्रदान तथा सांस्कृतिक कार्यक्रम ” विजया दशमी शुभकामना साँझ” यही अक्टोबर ३०, शुक्रवार, वूड हेभन मेनरमा विविध साङ्गीतिक एवम मनोरन्जनात्मक कार्यक्रमहरूको साथमा सम्पन्न गरेको छ।
Ridgewood Dashain 2015_-14

कार्यक्रममा नेपालका चर्चित कलाकारहरू जितु नेपाल, निरु खड्का, त्यसैगरि गायक शिला आले र बद्रि पंगेनी र भुटानी-नेपाली समुदायका गायक मनोज ढकालले आ-आफ्नो प्रस्तुति गर्नु भएको थियो।
Ridgewood Dashain 2015_-40

साथमा न्यु योर्कबाट गायक गम्बु शेर्पा लगायतका कलाकारहरूले साङ्गीतिक साथ दिनु भएको थियो।

हास्य कलाकार द्वय जितु नेपाल र निरु खड्काले सम-सामयिक नेपाली- अमेरिकन परिवेशका विषयमा प्रस्तुत गर्नु भएको प्रहसनले धेरैको मन जितेको थियो।
Ridgewood Dashain 2015_-15
गायक द्वय शिला आले र बद्रि पंगेनीले कार्यक्रमलाई लोक संगीतमय बनाउनु बनाउनु भएको थियो।
कलाकारहरुको व्यवस्थापन एवं संयोजन बुद्धि प्रसाद रेग्मीले गर्नु भएको थियो भने प्रस्तुत कार्यक्रमको संयोजक मिलन कुमार शाही हुनुहुन्थ्यो।

Ridgewood Nepali Society Cultural Program

रिजवुड वरपर दिन प्रतिदिन नेपाली- प्रबासीहरुको बसोबास बढ्दै गएको छ र हरेक वर्ष समाजले आयोजना गर्ने कार्यक्रममा बढ्दै गएको दर्शक क्षमतालाई ध्यानमा राखेर यो वर्षको कार्यक्रम रिजवुड भन्दा अलि पर वूड हेभनमा रहेको वुड हेभन म्यानरमा प्रस्तुत गरिएको थियो।
कार्यक्रममा नेपाली महा-बाणिज्यदुतका कंसुल जेनरल नारायण प्र. मैनाली, कंसुल कृष्ण प्र.सुबेदी, भाइस -कंसुल प्रवीण भट्टराई लगायत नेपाली समुदायका विभिन्न व्यक्तित्वहरुको साथमा रिजवुड लगायत वरपर बस्नुहुने नेपालीहरूको बाक्लो उपस्थिति थियो।

Ridgewood Dashain 2015_-20

Share

Leave A Response »