हिमाली स्वरहरु – नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्याल

नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्याल

admin October 2, 2015 0

नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्याल संयुक्त राष्ट्रसंघको General Assembly को बरेम आफ्नो अनुभब सुनाउदै हुनुहुन्छ।


हरेक वर्ष सेप्टेम्बर महिनाको मध्य देखि संयुक्त राष्ट्रसंघको साधारण सभा(General Assembly) हुने गर्छ। संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरु जुन अहिले १९३ छन् ती देशहरुबाट राष्ट्र प्रमुखहरु आउने र अन्तराष्ट्रिय समुदायलाई आफ्नो विचारहरू राख्ने गर्छन्। साथै राष्ट्रसंघको अगाडी विभिन्न सरकारको विरोध गर्नेहरुको पनि भीड हुन्छ।

यो समयमा राष्ट्रसंघ वरपरको ट्राफिक खपीनसक्नु हुन्छ भने न्युयोर्कका धेरै जसो होटलहरु पनि व्यस्त हुने गर्छन्। न्यूयोर्कमा एक किसिमको मेला नै लागे जस्तो हुन्छ।

यो वर्ष नेपालबाट उप-प्रधानमन्त्री प्रकाश मान सिंहको संयोजकत्वमा परराष्ट्रमन्त्री उपाध्याय लगाएतको सरकारी टोलीमा केही पत्रकारहरु पनि जेनरल एसेम्ब्लीको रिपोर्ट गर्न न्यु योर्क आउनु भएको छ। यसै क्रममा मैले नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्याललाई संयुक्त राष्ट्रसंघको ७०औं महासभामा सहभागी हुंदाको अनुभवको बारेमा सोधेको थिएँ। आउनुहोस सुनौ उहाँको यो अनुभव।

उहाँ हुनुहुन्थ्यो नेपाल साप्ताहिकका प्रधान सम्पादक प्रशान्त अर्याल। प्रशान्त अर्याल सँगको यो कुराकानी मैले नेपाल अमेरिका पत्रकार सङ्घले न्यूयोर्कमा आयोजना गरेको भेटधाट कार्यक्रममा गरेको हुँ।


Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


Share

Leave A Response »