हिमाली स्वरहरु – अनेसास न्यु योर्क च्याप्टरको १०६ औं लक्ष्मी जयन्ती (भिडियो/तस्विर)

अनेसास न्यु योर्क च्याप्टरको १०६ औं लक्ष्मी जयन्ती (भिडियो/तस्विर)

admin November 23, 2015 0

नोभेम्बर २२, न्यु योर्क – अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु योर्क च्याप्टरले १०६ औँ लक्ष्मी जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा विविध रचनाहरुको साथमा विष्णु सिंह बैजुले लेखन र निर्देशन गर्नु भएको नाटक “परिवर्तनकी बाहक नारी” पनि प्रस्तुत गरिएको थियो।
नाटकमा नदिया लिवाङ्ग, विकास विष्ट, कृष् थापा, सुदिप श्रेष्ठ र बिभुषा विष्टले अभिनय गर्नु भएको थियो। नाटकले एउटी छोरीले कसरी परिवर्तन लेराउन सक्छिन भन्ने कथा प्रस्तुत छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल वाणिज्य दूतावासका महा-वाणिज्य दुत नारायण प्रसाद मैनाली, साहित्यकार कृशु क्षेत्री, दामोदर पुडासैनि, हङ्कङ्बाट आउनु भएका भयाबाद्का प्रवर्तक साहित्यकार देश सुब्बा, महा वाणिज्य उप प्रमुख प्रवीण भट्टराई , रङ्गकर्मी हरि बहादुर थापा लगायत हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता निवर्तमान च्यप्टर अध्यक्ष विकास विष्टले गर्नु भएको थियो । अनेसास न्यु योर्क च्याप्टरको नयाँ कार्यसमितीले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा पनि यसै दिन देखि आफ्नो कार्यभार सुरु गरेको छ ।

106th Laxmi Jayanti_-107

अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यु योर्क च्याप्टरले १०६ औँ लक्ष्मी जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम आयोजना गर्‍यो।Photographs: Sahadev Poudel

Posted by Himali Sworharu on Monday, November 23, 2015

106th Laxmi Jayanti_-110
कार्यक्रममा बालबालिकाहरुको रचना प्रतियोगिता पनि आयोजना गरिएको थियो।
कार्यक्रममा देश सुब्बा, दामोदर पुडासैनि, विनोद रोका, मनु लोहरीङ्, पुष्कर बराल, धन लामा, अरुण अनुरागी, पुण्डारी अर्याल, पुनम काफ्ले, सुनिता शर्मा, गीता खत्री, ज्योति पौड्ल लगायतले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो ।
106th Laxmi Jayanti_-4
कार्यक्रम ज्याक्सन हाइट्समा रहेको चौतारी रेस्टुरेन्टमा सम्पन्न भएको थियो।
कार्यक्रमको तस्बिर/भिडियो”सहदेव पौडेल


Share

Leave A Response »