हिमाली स्वरहरु – नेजा नाइट्स-२ सम्पन्न (Photos/Video)

नेजा नाइट्स-२ सम्पन्न (Photos/Video)

admin November 30, 2015 0

नेजा नाइट्स-२ सम्पन्न

नेजा कल्याणकारी कोष स्थापनार्थ नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)ले यही नोभेम्बर २९ आइतबारका दिन कुइन्समा रहेको गुल्सन टेरेसमा “नेजा नाइट्स -२ ” कार्यक्रम आयोजना गर्‍यो।कार्यक्रममा नेपाली चलचित्र जगतका चर्चित कलाकारहरू राजेश हमाल, दिलीप रायमाझी, हाँस्य कलाकार मनोज गजुरेल, गायकद्धय यम बराल र कर्मा शेर्पा र एउटा मात्र खुट्टाको सहाराले पनि कुशल नृत्य प्रस्तुत गर्ने रश्मी खरेल लगायत अन्य कलाकारहरूले आ-आफ्नो प्रस्तुति गर्नु भएको थियो।
NEAJA Night 2
नेजाले उक्त कार्यक्रमबाट सङ्कलन गरेको रकम आपत्कालीन अवस्थामा परेका पत्रकारहरुको सहयोगमा खर्च गर्ने छ। नेजाले विगतमा पनि मनोरन्जनात्मक कार्यक्रमहरू आयोजना गरेर सेवा सहयोग गर्दै आइ रहेको छ।

कार्यक्रममा न्यु योर्क नेपाली समुदायको उल्लेख्य उपस्थिति थियो।

Rajesh Hamal is still Rajesh Hamal

Posted by Himali Sworharu on Monday, November 30, 2015

प्रस्तुत छ कार्यक्रमको तस्बिर र भिडियो

Share

Leave A Response »