हिमाली स्वरहरु – न्यु योर्कमा नाटक “जोडियोस भत्त्किएका मनहरू” को सफल प्रदर्शन

न्यु योर्कमा नाटक “जोडियोस भत्त्किएका मनहरू” को सफल प्रदर्शन

admin December 15, 2015 0

​​
न्यु योर्कमा नाटक “जोडियोस भत्त्किएका मनहरू” को सफल प्रदर्शन

नेपालमा गएको विनाशकारी भूकम्पको पीडा पीडकहरु माँझ बिर्र्सनै नसकिने घाउ जस्तै भएको छ तर संम्बन्धित निकाय र सरकारले भूकम्प पीडित परिवारलाई बिर्सेझैँ भएको छ। अझै पनि भूकम्पमा परेर परिवार, घर गुमाउनेहरुले न्यानो छानो पाउनु भएको छैन। न्यूयोर्कमा यही डिसेम्बर १३ आइतबार, यहाँको अफ ब्रोडवेको प्रेक्षालयमा अशेष मल्ल् लिखित नाटक “जोडियोस भत्किएका मनहरू” ले नेपालमा गएको विनाशकारी भूकम्पको सम्झना ताजा गराउनुको साथै सबैलाई एक पटक फेरी भूकम्प प्रभावितहरुको बारेमा सोच्न बाध्य परेको छ।

​​नाटकको फोटोहरु

नाटकले धेरै दर्शकहरुको आँखा रसाएको र नाटक प्रदर्शन अत्यन्तै सफल भएको प्रतिक्रिया दिएका छन् ।

नाटक प्रदर्शनको खबर सुने पछि नाटककार अशेष मल्लले नाट्य टोलीका सबै र निर्देशक हरि बहादुर थापालाई मनैदेखि धन्यवाद दिनु भएको छ।


भूकम्पको विभिन्न परिदृश्यलाई समेटेर तयार पारेको यस नाटकको निर्देशक हुनुहुन्थ्यो रङ्गकर्मी हरि बहादुर थापा। म्यानह्याटनको 777 थियटरमा ३ बजे र ७ बजेको दुवै सो हाउस फुल रहेको थियो ।

नाटकमा घर परिवार गुमाउने, भूकम्पमा परेर छुट्टिने, मिलन हुने र भूकम्पलाई चोरी र चेलीबेटी बेचबिखनको अवसरको रूपमा प्रयोग गर्ने लगायत दु:खमा पनि सुख खोज्नु पर्छ भन्नेहरुको कथा समेटिएको थियो।

नाटकमा नदिया लिबाङ्ग, संगीता उप्रेती, सहदेव पौडेल, यादव गौतम, दिपीका श्रेष्ठ, कृष थापा,
ज्योति कुमार श्रेष्ठ, विकाश विष्ट, अनुज थापा, क्रिष्टल थापा, दिलाष्मा रजक र निर्देशक हरि बहादुर थापाले सुत्रधारको अभिनय गर्नु भएको थियो। नाटकको नृत्य निर्देशन राज कपुरले गर्नु भएको थियो।

नाटकमा भत्किएको धरहरालाई मञ्च सज्जाको रूपमा प्रयोग गरिएको थियो जसको निर्माण सुदिप श्रेष्ठले गर्नु भएको थियो ।नाटकमा प्रयोग ध्वनिको संयोजन सहदेव पौडेलको रहेको थियो भने प्रकाश संयोजन राकेश श्रेष्ठले गर्नु भएको थियो। नाटकको आवरण चित्र ज्योति कुमार श्रेष्ठले कोर्नु भएको थियो।

नाटकको स्टेज मेनेजरको जिम्मा नदिया लिबाङ्गले लिनु भएको थियो कार्यक्रमको अन्य बिबिध ब्यवस्थापन विश्व थापा, बिराज रिजाल र मिठु थापाले हेर्नु भएको थियो।

नाटकमा धेरै कलाकारहरूले एक भन्दा बढी भूमिकाका अभिनय गर्नु भएको थियो। आफ्नो दैनिकी काम बाट फुर्सद निकालेर नाटकको विविध पक्षहरूको जिम्मा सबै कलाकारहरूले मिलिजुली गर्नु भएको थियो।

नाटक रिहर्सलको लागि रिजवुड नेपाली समाज, चौतारी रेस्टुरेन्टले आफ्नो स्थान उपलब्ध गराएको थियो र कलाकारहरुको भोजनको ब्यबस्थापन दिल्ली हाइट्स र फ्रेन्ड्स कर्नर क्याफेले गरेको थियो।


करिब १६० दर्शक क्षमता भएको नाटक घरको दुवै सो का टिकटहरु एक हप्ता अघि नै बिक्री भएकोले धेरैले अन्तिममा नाटकको टिकट नपाएको गुनासो गर्नु भएको थियो।

नाटकलाई भिजवल दृश्यमा समेट्न मोक्तान डिजीटलले सघाएको थियो।

नाटकको प्रचार प्रसार र मिडिया संयोजक अनुज थापाले हेर्नु भएको थियो।

न्यु योर्कमा नाटकको सफल प्रदर्शन पश्चात् न्यु योर्क बाहिरका नेपाली समुदायले पनि यो नाटकलाई आफ्नो राज्यमा प्रदर्शन गर्न आयोजकहरुलाई अनुरोध गरेका छन्।


नाटक हेर्न पुगेका दर्शकहरूले सामाजिक सञ्जाल फेसबुकमामा यस्तो प्रतिक्रियाहरु लेखेका थिए:

सोमनाथ घिमिरे: “हाम्रो देश, हाम्रो भाषा, हाम्रो संस्कृति, हाम्रो पहिचाान लाई अन्तरास्ट्रीय रंग्मन्च मा उतार्न सफल हुनुभयेको मा सबै रङ्गकर्मी हरुलाइ मेरो हृदय देखि धन्यवाद, सलूट गर्न चाहन्छु ।”

विश्व शाह: ” न्युयोर्कको व्यस्तताका बावजूद तपाइहरू सबैको मेहनतले न्युयोर्कमा नेपाली नाटक हेर्न पाइयों यो गति अझ अगाडि बढोस ।तपाइहरू नाटकका पात्रहरु सबैमा बधाई छ। प्राज्ञ हरि दाइले विदेशमा रहेर पनि नेपालीकला जोगाउनु भएको मा मेरो मन देखि नै सलाम छ। यही हो नेपालीले आफ्नो सिप अनुसारको विदेशमा रहेरपनि नेपाल र नेपालीको कला ,संस्कृति बचाउने भनेको । यसबाट पनि पाठ सिक्न सक्छन् यहाँका सगठनहरुले। .”

न्यूयोर्कको अफ ब्रोडवेको प्रेक्षालयमा नाटक "जोडियोस भत्किएका मनहरु" को सफल प्रदर्शन सकिएको छ। दुबै शो हाउस फुल रह्यो। अझ…

Posted by Sahadev Poudel on Sunday, December 13, 2015

अनिल जङ्ग शाही :” चलचित्र (नेपाली) हेर्न जाँदा धरी फलाना र ढिस्कानाको परिचय, सम्मान र मन्तव्यहरु गाँजेर वाक्कै बनाइएको मैले नेपाली कार्यक्रमहरुलाई पूर्णतः बहिष्कार गर्न थालेको केही वर्ष नै भईसक्यो। यसपालि चाहिँ, यो नाटकमा संलग्न अन्य व्यक्तित्वहरुसंग परिचित नभए पनि सहदेव जी को कार्यशैली र विचारहरू अकसर प्रगतिशील रहेको मेरो बुझाइको कारण एक “ट्राई” मार्ने उत्सुकताले गर्दा पुगियो।

सर्वप्रथम त तपाईँहरूको व्यवसायिकताले मलाई निर्लप्त रुझायो! कौशल कार्यक्रम व्यवस्थापन देखि कति सरल, सुन्दर, र स्वभाविक अभिनय! मुरी मुरी बधाई सबै कलाकार र संलग्न प्रविधिज्ञहरुलाई! नेपाली कार्यक्रमहरुले व्यवसायिकता अपनाउन सक्ने विश्वास पुनः जगाईदिनु भएकोमा पनि धन्यवाद!”

​​रजनी बाबा करंजित :”नाटक अतिनै राम्रो लाग्यो। निर्देशन र कलाकारहरुको पोख्त अभिनय दिनु भयो। सुरु देखि अन्त्य सम्म नरमाइलो महसुस भएन। “

हिजो डिसेम्बर १३, आईतवार "जोडियोस् भत्किएका मनहरु" नाटक देखायौ न्यूयोर्कको '777 Theatre' नाम गरेको Off Broadway Theatre …

Posted by Jyoti K Shrestha on Monday, December 14, 2015


Share

Leave A Response »