हिमाली स्वरहरु – न्यु योर्क महाबाणिज्य दूतावासले सुरु गर्‍यो पासपोर्ट प्रत्यक्ष दर्ता प्रणाली प्रक्रिया

न्यु योर्क महाबाणिज्य दूतावासले सुरु गर्‍यो पासपोर्ट प्रत्यक्ष दर्ता प्रणाली प्रक्रिया

admin February 10, 2016 0

पासपोर्ट राहदानी प्रणालीलाई सहज र द्रुत बनाउन न्यु योर्क स्तिथ नेपाली कन्सुलेट जनरलको कार्यालयबाट प्रत्यक्ष दर्ता प्रणाली (live enrollment system) आरम्भ गरिएको छ। यो प्रणाली सुरु भए पछि आवेदक स्वाम उपस्थिति भई electronic finger prints (औंठा छाप ) र signature (हस्तक्षार ) गर्नु पर्ने तथा फोटो कम्पुटर बाट प्रत्यक्ष खिचिने छ। त्यसपछि सो आवेदन सिधै राहदानी भाभाग्मा दर्ता हुन्छ र दर्ता भई सकेपछि निवेदन स्वीकृत भएको र अस्वीकृत भएमा कारण सहित संदेश आउने गर्दछ। सहदनिको यो प्रनानी लागु भए पछि व्यक्तिको सबै विवरण बायोमेत्रिक्मा रहने र सबै काम डिजिटलाइज्ड हुने नेपाली महाबाणिज्य दूतावास न्यु योर्कले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

बाणिज्यदुताबासले सुरु गरेको यो प्रत्यक्ष दर्ता प्रणालीको सहजताको बारेमा विक्रम प्रसाद साजिबनले आफ्नो अनुभव हिमाली स्वरहरुलाई यसरि सुनाउनु भयो।

वाणिज्य दूतावासको जानकारी अनुसार न्यु योर्क बाहिरको राज्यमा पनि आवश्यकता अनुसार मोबाइल प्रत्यक्ष दर्ता प्रणाली सहज रूपमा गर्न सकिने छ।

प्रत्यक्ष दर्ता प्रणाली मार्फत पासपोर्ट निवेदनको लागि अब फोटो लिएर जानु पर्दैन तर नागरिकताको सक्कली वा फोटो कपि प्रति वा जन्म दर्ता पत्र भने अनिवार्य रूपले लिएर जानुपर्ने छ।

न्यु योर्कको वाणिज्य दूतावासमा अहिले करिब ६०० पासपोर्टहरु तयार भएर बसेको र यसअघिनै पासपोर्टको निवेदन दिनु भएकाहरुले वाणिज्य दूतावासमा बुझ्न अनुरोध गरेको छ। सर्ब साधारणको सुविधाको लागी हरेक महिनाको अन्तिम आइतबार १० बजे अतिरिक्त सेवा दिने जानकारी दिएको छ।

महाबाणिज्य दुत नारायण प्रसाद मैनाली सँग केहि समय अघि गरिएको कुराकानी सुन्नुहोस



Share

Leave A Response »