हिमाली स्वरहरु – कोड फर नेपालले भिडियो र फोटो प्रतियोगिता आयोजना गर्ने

कोड फर नेपालले भिडियो र फोटो प्रतियोगिता आयोजना गर्ने

admin March 5, 2016 0

प्रेस विज्ञप्ति – 26 February 2016

www.codefornepal.org
वाशिंगटन डी सी
संयुक्त राज्य अमेरिका

तत्काल जारीका लागि
सम्पर्क : रोसन घिमिरे
इमेल: roshan@codefornepal.org

कोड फर नेपालले भिडियो र फोटो प्रतियोगिता आयोजना गर्ने

वाशिंगटन डि.सी. – गैर सरकारी संस्था कोड फर नेपालले रु. ७५,००० पुरस्कार राशी सहितको एक भिडियो तथा फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ | प्रतियोगिताको शीर्षक “को नेपाली ?” राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा “नेपाली हुनु भनेको के हो?” भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउने लक्ष्य लिएको छ|

कोड फर नेपालले यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका सिकारु नेपाली भिडियोग्राफर तथा फोटोग्राफरहरुबाट सहभागिताको आशा गरेको छ| भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ|

प्रतियोगितामा मार्च २५ – अप्रिल २५ २०१६ को समयाबधि भित्र पेश गरिएका भिडियो तथा फोटोहरु मात्र स्वीकार गरिनेछ | प्रतियोगिताका लागि पेश गरिएका प्रस्तुतिहरु www.codefornepal.com/nepali मार्फत संकलन गरिनेछ| प्रतियोगिताका बारे विवरण मार्च महिना को अन्त्यतिर सार्वजनिक गरिनेछ|

रोसन घिमिरे, कोड फर नेपालका साझेदारी तथा मिडिया प्रबन्धक भन्छन् “विजेताको चयन मौलिकता तथा फोटो वा भिडियोले दिन खोजेको सन्देशको स्पष्टताका आधारमा हुनेछ” | घिमिरे भन्छन ” हामी सहभागीहरुद्वारा पेश गरिएका फोटो वा भिडियोको स्तरीयता भन्दा तत्व र भाव लाइ महत्व दिनेछौ | यसको उद्देश्य सिकारु नेपाली फोटोग्राफर तथा भिडियोग्राफरलाइ प्रोत्साहन गर्नु नै हो|”

विजेताहरुको नाम २०१६, जून महिनाको १५ तारिख घोषणा गरिनेछ| भिडियो प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार विजेतालाई रु. २५,००० प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थानका विजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ|Ko

घिमिरे भन्छन् “यस प्रतियोगिताले डिजिटल साक्षरताका बारेमा जागरुकता वृद्धि गर्नेछ | साथसाथै, नेपालका विभिन्न पृष्ठभूमिका मानिसहरुबीच, उनीहरुको आफ्नो आफ्नै पहिचान भए पनि, सबै उत्तिकै नेपाली हुन् भन्ने संवाद अभिप्रेरित गर्नेछ|”

कोड फर नेपाल नेपालमा डिजिटल साक्षरता तथा खुला डाटाको प्रयोग बढाउनका लागि युनाइटेड स्टेट्स अफ अमेरिकामा दर्ता गरिएको एउटा 501(c)(3) गैर सरकारी संस्था हो|

थप जानकारीका लागि हाम्रो संचार समूह लाई media@codefornepal.org मा सम्पर्क गर्नुहोला |

Share

Leave A Response »