हिमाली स्वरहरु – गायक सुरज कुमार थापा र नव तिम्सिनाको “क्यानभास”

गायक सुरज कुमार थापा र नव तिम्सिनाको “क्यानभास”

admin November 28, 2016 0
गायक सुरज कुमार थापा र नव तिम्सिनाको “क्यानभास”

नेपाली गीत संगीतका एक प्रतिभाशाली कलाकार सुरज कुमार थापाले रचनाकार नव तिम्सिनाको साथमा नयाँ गीति एल्बम “क्यानभास” हालै सांगीतिक बजारमा लेराउनु भएको छ।

सुरज कुमार थापालाई धेरैले साङ्गीतिक समूह “नेपथ्य”का सदस्य, जो कि बोर्ड बजाउनु हुन्छ, को रूपमा चिन्नुहुन्छ होला ।नेपथ्य समूहमा उहाँ सन् २००३ मा प्रवेश गर्नु भएको हो। सुरज कुमार थापा काठमाडौँमा नेपालयले सञ्चालन गरेको “पलेंटी” साङ्गीतिक कार्यक्रमको  संगीत संयोजक पनि हुनुहुन्छ।

साथै धेरैको लागि उहाँ सङ्गीतको गुरु पनि हुनुहुन्छ। तर उहाँको सङ्गीतको गुरु भने अम्बर गुरुङ हुन्।

सायद धेरै थोरैलाई थाहा होला, सुरज कुमार थापा लोक गीत संगीतकि चर्चित गायिका तिर्थ कुमारी थापाको छोरा पनि हुन् । तिर्थ कुमारी थापाका थुप्रै अजर अमर गीतहरू आज पनि धेरैले गुनगुनाई रहनुहुन्छ। यस्तै एउटा गीत.…

लामो समय देखि संगीतकै सेरोफेरोमा बसेका गायक थापा आफ्नी आमालाई प्रेरणाको श्रोत मान्नु हुन्छ। उहाँले सानै उमेरमा रेडियो नेपालमा बाल गीतहरू पनि गाउनु भएको छ। आमाको साङ्गीतिक काख र सङ्गीतका गुरु अमर गुरुङ्गको सङ्गीत शिक्षाले गीत गाउन प्रेरित गरे पनि धेरै जसो समय बाद्यवादनकै वरपर रमाई रहे। स्वर परीक्षाको कुरा गर्ने हो भने सुरजले सन् १९९१मा रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नु भएको हो।

सुरज कुमार थापाको पहिलो गीती सङ्ग्रह “चिनारी” हो । चिनारीको “गहिरो घाउ”… को यो भिडियो


“चिनारी” निस्केको २बर्ष पछि र अहिले उहाँले आफ्नो दोस्रो गीति एल्बम “क्यानभास” पनि श्रोता सामु लेराइ सक्नु भएको छ।

क्यानभासका सबै गीत नव तिम्सिनाले लेख्नु भएको हो । यसै एल्बमको एउटा गीत भो माया …. को भिडियो यस्तो छ।

“क्यानभास”को सङ्गीत संयोजन न्ह्यू बज्राचार्य र हरि लम्सालले गर्नु भएको हो भने संगीत संयोजन किरण कंडेल, गोपाल रसाइली र गायक थापाले गर्नु भएको हो। म्युजिक जोइले यो एल्बम बजारमा लेराएको हो।

Share

Leave A Response »