अनेसास भानु भक्त आचार्यको १९७औ जन्म जयन्ती
July 30, 2010 by admin
Filed under सृजनाका स्वरहरु
अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) न्यु योर्क चयाप्टरले नेपाली भाषाका आदिकबी भानु भक्त आचार्यको १९७औ जन्म जयन्ती बिबिध साहित्यिक गतिबिधिको साथमा कविता,गीत,गज़ल एब कथा बाचन गरेर न्यु योर्कको स्थानिय हिमालय याक रेस्टुरेन्टमा मनाएको छ सुन्नुहोस कार्यक्रममा बाचित सम्पूर्ण कविता
अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) न्यु योर्क चयाप्टरले नेपाली भाषाका आदिकबी भानु भक्त आचार्यको १९७औ जन्म जयन्ती बिबिध साहित्यिक गतिबिधिको साथमा कविता,गीत,गज़ल एब कथा बाचन गरेर न्यु योर्कको स्थानिय हिमालय याक रेस्टुरेन्टमा मनाएको छ| अनेसास न्यु योर्क च्याप्टरकी अद्यक्ष् श्रीमती ज्योति पौडेल सभापतित्व एब संयुक्त राष्ट्र संगका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रंगकर्मी एब सगीत नाट्य एकेडेमीमा नब प्राज्ञ हरि बहादुर थापा,अन्तरास्ट्रिय नेपाली साहित्य समाजकी नब निर्बाचित महा सचिब श्रीमती गीता खत्री,र उत्तर अमेरिका उपाद्यक्ष् अनन्त रिसाललाई नया कामका लागि पुष्प गुच्छा सहित बधाई एब शुभकामना प्रदान गरिएको थियो|साथमा उहाहरुले आफ्नो आफ्नो साहित्य सिर्जना र बिचारहरु प्रस्तुत गर्नु भएको थियो त्यसै गरी जगदीश उपाध्याय, डा.तारा निरौला, श्रीमती कमला प्रसाई, र गोपी कृष्ण शर्माले आदिकविको जीवनी र नेपाली साहित्यको चर्चा गर्नु भएको थियो|आदिकविको तस्बिरमा माल्यार्पण गरेर सुरु गरिएको उक्त कार्यक्रममा साहित्यकार एब समालोचक स्व.श्री कृष्ण चन्द्रसिंह प्रधानको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो.कार्यक्रमको दोस्रो खण्डमा बिबिध व्यक्तित्वहरुले कथा,गीत,गज़ल,र कविताहरु सुनाउनु भएको थियो.
कार्यक्रममा हिमांशु कुँवर ,अन्जली रोका, अस्मिता रोका,प्रदीप थापा,मणी वान्ग्देल,बिद्या बिमल बराल,राम चंद्र थापा,तिर्थ राज बराल,सीता खरेल,डा. गोबिन्द कोईराला,नीलम कार्की” निहारिका”,हरि शर्मा ,परिता राज भण्डारी,राजेन्द्र श्रेष्ठले कविता सुनाउनु भएको थियो भने गायक कनैया सिंहले गीत, शान्ता घिमिरेले गज़ल र सहदेब पौडेलले कथा बाचन गर्नु भएको थियो.कार्यक्रममा श्रीमती सीता खरेलले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन श्रीमती परिता राज भण्डारीले गर्नु भएको थियो,
न्यु योर्कमा भानु जयन्ती मनाईयो
July 26, 2010 by admin
Filed under News & Blogs, सृजनाका स्वरहरु
न्यु योर्कमा भानु जयन्ती मनाईयो
सहदेव पौडेल
न्यु योर्क
अन्तरास्ट्रिय नेपाली साहित्य समाज(अनेसास) न्यु योर्क चयाप्टरले नेपाली भाषाका आदिकबी भानु भक्त आचार्यको १९७औ जन्म जयन्ती बिबिध साहित्यिक गतिबिधिको साथमा कविता,गीत,गज़ल एब कथा बाचन गरेर न्यु योर्कको स्थानिय हिमालय याक रेस्टुरेन्टमा मनाएको छ| अनेसास न्यु योर्क च्याप्टरकी अद्यक्ष् श्रीमती ज्योति पौडेल सभापतित्व एब संयुक्त राष्ट्र संगका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा रंगकर्मी एब सगीत नाट्य एकेडेमीमा नब प्राज्ञ हरि बहादुर थापा,अन्तरास्ट्रिय नेपाली साहित्य समाजकी नब निर्बाचित महा सचिब श्रीमती गीता खत्री,र उत्तर अमेरिका उपाद्यक्ष् अनन्त रिसाललाई नया कामका लागि पुष्प गुच्छा सहित बधाई एब शुभकामना प्रदान गरिएको थियो|साथमा उहाहरुले आफ्नो आफ्नो साहित्य सिर्जना र बिचारहरु प्रस्तुत गर्नु भएको थियो त्यसै गरी जगदीश उपाध्याय, डा.तारा निरौला, श्रीमती कमला प्रसाई, र गोपी कृष्ण शर्माले आदिकविको जीवनी र नेपाली साहित्यको चर्चा गर्नु भएको थियो|आदिकविको तस्बिरमा माल्यार्पण गरेर सुरु गरिएको उक्त कार्यक्रममा साहित्यकार एब समालोचक स्व.श्री कृष्ण चन्द्रसिंह प्रधानको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो.कार्यक्रमको दोस्रो खण्डमा बिबिध व्यक्तित्वहरुले कथा,गीत,गज़ल,र कविताहरु सुनाउनु भएको थियो.
कार्यक्रममा हिमांशु कुँवर ,अन्जली रोका, अस्मिता रोका,प्रदीप थापा,मणी वान्ग्देल,बिद्या बिमल बराल,राम चंद्र थापा,तिर्थ राज बराल,सीता खरेल,डा. गोबिन्द कोईराला,नीलम कार्की” निहारिका”,हरि शर्मा ,परिता राज भण्डारी,राजेन्द्र श्रेष्ठले कविता सुनाउनु भएको थियो भने गायक कनैया सिंहले गीत, शान्ता घिमिरेले गज़ल र सहदेब पौडेलले कथा बाचन गर्नु भएको थियो.कार्यक्रममा श्रीमती सीता खरेलले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन श्रीमती परिता राज भण्डारीले गर्नु भएको थियो,
भानुभक्तीय महिमा:राष्ट्रीय एकता
July 14, 2010 by admin
Filed under सृजनाका स्वरहरु
भानुभक्तीय महिमा:राष्ट्रीय एकता
अनन्त गोपाल रिसाल
न्यु जर्सी
घाँसीकी गुनकेसरी, मन-हरी, के किर्ति -के चाकडी?
छाम्दा मल्मल झैँ सलल्ल बगने गीला तकीया सरी
सुत्दामा मन शीतलै कलमले-श्रष्टा र शीरोमणी
धिक्कारीकन चित्त, खै-मलम के? काब्यै छ रामायणी
संस्था-ब्यापक बन्न के? मनमिले, गाह्रो नमिल्दा कठै?
हाम्रा सभ्य समाज हे! अब उठे! छैनन् यहाँ बोझ क्यै!
मीठा ज्ञान अझै छ,छैन-अमिलो, चाखेर मागौँ अब
भानूभक्त गयौ कहाँ? नचिनिने? खोजेर, राखौँ सब|
हाम्रा सम्मान,सम्पत्ती, सद्भाव जन-जातमा
भाषा,धर्म,अनुष्ठान – प्रेम-बैभव साथमा
धर्मले गरियो रक्षा, पर:भाव- पदोन्नती
भाषा नै धन हो त्यस्को, जस्को भाव छ उन्नती
साहित्य कस्तो हो? शिक्षा- संपती यी किताब हुन्
भाव, संस्कार त्यो छैन, पत्रै-पत्र बेकार हुन् !
शब्द-ज्ञान भये आज, धेय-ध्यान पुर्याउने !
चिन्दै अक्षर आत्माको, परमात्मा चिनाउने
तारामा अब देखिन्छन्, नेपाली छन्द बज्दछ
मेघ गर्जन्छ ईन्द्रआदी ,भूमी नेपाल भज्दछ !!
अर्को नेपाल जन्मन्छ, हिमाली भाव खोल्दछ !
स्वर्गमा अब देवादि नेपालीबाट बोल्द्छ !
दैवी खेल रचाइ भानु-भवमा नेपाल यो स्वर्गियो
सीताको नव-जीवनी सरलता, यो विश्वमा गुन्जियो
संसारी, पथभ्रष्ठ कैँ, सु-मनली उद्दार है गर्दियौ
घाँसीका-घरको, समाज-जनको, सम्मानले भर्दियौ|
संस्क्रीती मान्यता वेद, पालीबाट बन्यो नयाँ
न-य-पाली बन्योँ हामी, चम्किन्छ्ओँ विश्व माझमा !
अनास्था, लोभ, शन्ताप, संकिर्ण किन? जालमा?
आफ्नो आधार विज्ञान, नबिर्स्यौं अनिकालमा !
आस्था स्वच्छ सनातनी सरसता – यो वैदिकी दर्शन
किर्ती गान म मुग्ध भै कति गरुँ? मोती-सरी वर्णन?
सुन्दा धर्म, र भावना, नरमता- हिमाल पग्लिन्छ ल
काड्मान्डौँ,तनहुँ-सुगीत, कविता- नेपाल तीर्थ स्थल |
परिवार ठूलो हाम्रो,बिभिन्न जन-जातीय!
सम्मान सबको एक, नेपाली, बन आत्मीय।
भेष-भोजन-भाषाले,भिन्दै भाव?भयो त के?
नेपाली-मनले एक, छौँ ब्यग्लै थर,नामले!
सेर्पा,गूरुङको भाषा,तामाँ-नेवारको पनि
थारु,मगरको आफ्नै,पहिचान फरक् छ नी!
गाँउ-हिमाल, आस्थाकी तराई र प्रदेशकी-
आमा छिन् घरकी घर्ती-बाहुन्-राइ-मधेशकी
पोती रङ्ग अनेक छन्द-रसले न्यानो मिठो भावना
जोडी वैभवले असंख्य जनता यै सभ्यता, साधना
जोगायौ धन-देश यो अमरता, क्वै छन् यता, क्वै उता
बाँध्यौ काव्य र प्रेमले, नियमले-राष्ट्रीय यो एकता |
- अनन्तगोपाल रिसाल (Jul 10,2010)
म स ज स त त गु ु
SSS IIS ISI IIS SSI SSI S
[छन्द-शार्दूलविक्रीडित , १९ अक्षरको एक पाऊ, चार पाऊको एक श्लोक, १२ र ७ मा यति, छन्द-अनुष्टुप ८,८ मा यति]

(गजल ) आचार्य प्रभा
भाषाको बिधाता बनेर आयौ भानु
घाँसीको उपदेश् सुनेर छायौ भानु ।
सबैको मनमा बसेर गुण गरि
नेपाली भाषाको उन्नती चाह्यौ भानु ।
अमर अजर रहेर तिमी अझै
हामीमा सुन्दर आभाष ल्यायौ भानु ।
देशको चिनारी दिएर म्रीत्यु रोज्दै
साहित्य मनको आदर पायौ भानु ।
मरण शैय्यामा पुगेर पनि तिमी
भाषामै होम्मिने कसम खायौ भानु ।
(भानु जयन्तिको उपलक्षमा रचित भानु गजल रचना -जुलाई १२ /२०१० )
आदिकबि भानुभक्त आचार्यको सम्झनामा सुनौ भानुभक्तीय रामायण
July 10, 2010 by admin
Filed under 0PEN MI(, सृजनाका स्वरहरु
आदि कबि भानुभक्त आचार्यको सम्झनामा!
हिमाली स्वरहरु अनलाइन रेडियो स-गौरब प्रस्तुत गर्दै छ लोक चर्चित “भानुभक्तीय रामायणको बाल काण्ड” म्युजिक नेपालले तयार पारेको यो रामायणको गीति संग्रहमा नेपालका प्रतिभाशाली गायक गायिकाको स्वर एब संगीत रहेको छ!
सुनौ भानुभक्तीय रामायण हिमाली स्वरहरुमा..नेपाली मन र नेपालीपन संग नजिक
July 6, 2010 by admin अहिले लाई सुनौ ३० उत्कृस्ट कविता विभिन्न कविहरुको स्वरमा June 5, 2010 by admin – कार्यक्रम निर्माता/प्रस्तोता May 15, 2010 by admin –
–
Happy Listening!
Himali Sworharu
हिमाली स्वरहरु
Action Through communication
Nepali Online Radio and much more
www.nepaliradio.org
Watch our YouTube Channel
www.Youtube.com/NepaliTV
www.facebook.com/nepaliradio
New York City
अन्तरास्ट्रिय नेपाली कविता महोत्सबका कविताहरु सुनौ
Filed under 0PEN MI(, सृजनाका स्वरहरुअन्तरास्ट्रिय नेपाली कविता महोत्सब उत्तर अमेरिका ,बोस्टनमा समापन भएको छ.नेपाली साहित्य प्रतिष्ठान र अन्तरास्ट्रिय नेपाली साहित्य समाजको संयुक्तरुपमा आयोजित कार्यक्रममा ३२० वटा कविताहरु प्राप्त भएको थियो ..जसमध्ये ३० वटा कविताहरु कार्यक्रममा विभिन्न कविहरुले वाचन गर्नु भएको थियो|सम्पूर्ण कविताहरु मध्ये
नवलपरासीका बाबु त्रिपाठीको बिना शिर्षक र नुवाकोटका प्रकाश आस्थाको कविता “त्यहाँ सिङ्गो नेपाल हुन्छ “ले स्पेसल जुरी अवार्ड पाएको छ त्यसै गरि ”काभ्रेकी रमा अधिकारी”कादम्बरी”को कविता “गास्नु पर्ने मनहरु”तृतीय ,भोजपुरका सोमनाथ सुबेदीको “अभाब” द्वितीय र बिराट नगरका उमेश साम्पंग राई को कविता “मोनालिसा र मार्च ८ “प्रथम भएको छ|प्रथम हुने कविताले – ‘हेम सरिता पाठक भानुभक्त काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् १००० डलर नगद र कविको पहिलो कृतिको प्रकासनको लागि सहयोग पनि पाउनु हुने छ .दोस्रो हुने कविताले – ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ प्रमाण पत्र सहित युएस् ३०० डलर नगद र तेस्रो हुने कविताले – ‘बसुन्धरा गणेश रोका देबकोटा पुरस्कार’ प्रमाण पत्र सहित युएस २०० डलर नगद पुरस्कार प्राप्त गर्नु हुने छ| साथ साथै अन्तिम चरणमा पुगका ३० वटा कविताहरुको संग्रह गिबिन्द गिरी प्रेरणा (बिस्व परिक्रमाका सम्पादक) र ध्रुब थापा(हाम्रो समाज.नेट का सम्पादक)ले प्रकासित गर्नु हुने छ |सृजनाका स्वरहरु-Nepali Geet ,Gazal & Poems
Filed under सृजनाका स्वरहरु
सृजनाका स्वरहरुमा रिता भण्डारीको रचना गुनगुनाउदै हुनुहुन्छ बाशु घिमिरे,आफ्नो रचना सुनाउदै हुनुहुन्छ कोमल मल्ल साथ साथै सुन्ने छौ महा लक्ष्मी थापा,हस्त गौतम मृदुल,तारा सेजवालको गीत कविता र गज़ल हाम्रो कार्यक्रमको बारेमा लेख्नुहोस nepaliradio@gmail.com
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
facebook.com /nepaliradio
New Yorkकबिहरुकै स्वरमा सुनौ कविताहरु
Filed under सृजनाका स्वरहरु
सृजनाका स्वरहरुमा हिमाली स्वरहरुको नियमित शृंखलामा प्रस्तुत भै सकेका केहि कविताहरु हामी पुन प्रसारण गर्दै छौ.
आज हामी नवराज सुब्बा,डा.शिव गौतम,बासु श्रेष्ठ र राजु अधिकारीका कविताहरु सुन्दै छौ.
आफ्नो रचनाहरु हामीलाई लेखि पठाउनुहोस nepaliradio@gmail.com वा आफ्नै आवाज आफ्नो सृजना सुनाउहुहोस.फोन गर्नुहोस र रेकोर्ड गर्नुहोस.1 206 600 4873
Happy Listening!
Himali Sworharu
Nepali Online Radio
www.nepaliradio.org
Watch our YouTube Channel www.Youtube.com/NepaliTV
New York City
आमाको मुख हेर्ने दिन कहिले आउला?
April 15, 2010 by admin
Filed under सृजनाका स्वरहरु
आमाको मुख हेर्ने दिन कहिले आउला?
[आमाको मुख हेर्ने,वाणी सुन्ने, सेवा गर्ने दिन नजिकिँदैछ,फोनगर्न नबिर्सिनु होला है!
नबिर्सिएर, तपाँईकी नयाँ नेपाल आमासंग हामीलाई पनि चाँडै नै सेवा गर्न पाउने आशिर्बाद माँगी दिनु होला!]
आमा तिम्रो मुख हेर्ने दिन कहिले आउला
आमा तिम्रो सुख हेर्ने दिन कहिले आउला?
अस्ति भन्थ्योउ हिजो आउला,हिजो भन्थ्योउ आज!
आज पनि गईसक्यो ज्या ! भोली पर्छ साँझ !
रोग तिम्रा केही छैनन्, अजंबरी ठानी!
आमालाई आत्मा जानी,बस्यौँ मन-मानी !
सधैँभरी बाँच्ने होइनौँ,साथी-भाई आवो!
गाँउ घरकी आमा मेरी,हेरी देउन जावो!
दुई-चार दिनमा झोला बोकी आँउछु बरै! दाजु
पूग्यो विदेशको-भार,भारी बिसाई आँउछु !
दिदि-भाउजू राखी राख आमालाई हेरी!
सेवा गर्न सकिएन, काँहा जाउँ फेरि?
आमा हेर्ने रहरै भो! विचरीको आशा!
किन परेँ माया-जादु, बिदेशीको दाश?
बहिनी र छोरी मिली,सेवा तिमी गर
जननीको यौटै वाधा,तिन्कै भर पर!
बाहुन र मगरकी,यौटै रुप छायाँ!
थारु,शेर्पा,नेवारकी,गुरुङकी आमा!
मेला-पात गाँउ घर, दु:ख गरी गरी
‘देश-विदेश हेर बाबू’-टिका-टालो धरी!
गर्व गर,आशिकले सँसारमा तिम्रो
‘सम्पदा र सम्पत्तीको लायक भो छोरो’!
लडाँईमा जित्यौँ आमा- जनताको बल
जँगलको माराकाट स्वतन्त्रको फल!
नियम र प्यार बाँडी,अब देश बन्छ!
उठे तिम्रा सन्ततीले,छिट्टै केही गर्छ!
प्रेरणाकी तारा पुन्ज,धरतीकी हार!
स्वर्ग-तल,अजम्बरी,देवी,पुष्प-घार!
साक्षातकी पूर्ण-सिन्धु,गरौँ गुणगान!
ईश्वरीय बरदान,आमा चारै धाम!
निवास होस् बस दिल,भित्रै रमी रमी!
के नै गर्न सक्छौँ भन?सच्याई देउ कमी!
धर्ती भन्दा तिमी ठूली-परंपरा,बंश!
बुझ्नसक्ने छैन ज्ञान,हामी सानो अँश!
आखाँ,दाँत झरिसके,गलिसके जीउ
रोपांइ छ आजभोली फुलिसके बिउ!
घडेरीमा अन्नपात ल्याउँ पैले घेरी!
ढीलो होला, समयले पर्खदैँन फेरि !
धर्म-रुप,बुझी सक्नु छैन,तिम्रा गाथा
क्षमा-भाव,शान्ति-विश्वाश ईश्वरीय साथ!
पवित्रको जिंउदो के छ?माँग मन्त्र,रंग?
आमा जस्तो स्वर्गगंगा छैन ईश-संग!
सन्तानले डाँडा-काँढा अब ढाकिसके
आँगनमा श्रम-सीप देश आँटिसके!
गरीव र दुखी रिझे -आशिर्बाद दिन्छ!
आमा तिम्रो वात्सल्यले जन्मौँ जन्म मिल्छ!
आमा तिम्रो सुख हेर्ने दिन कहिले आउला?
आमा तिम्रो मुख हेर्ने दिन कहिले आउला?
-अनन्तगोपाल रिसाल [12th April 2010]
{Disclaimer:Writer says he has referenced all the graphics from the Google Images}
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़लहरु सुनौ
April 15, 2010 by admin
Filed under 0PEN MI(, News & Blogs, सृजनाका स्वरहरु
हिमाली स्वरहरुको यो बिशेष सृजनाका स्वरहरुको शृंखलामा
विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़ल हरु प्रस्तुत गर्दै छौ !
ब्रुनाई,
गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।
मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट र नेपालको विभिन्न ३८ जिल्लाबाट गरि जम्मा १७७ जना स्रष्टाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा इजरायलबाट सहभागि उमा सुवेदी प्रथम भोजपुरका निराजन बतास द्धितिय र काठमाण्डोका सूर्य चापागाई तृतीया बन्न सफल भएका छन् । विजयीहरुले क्रमश नगद रु २० हजार १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको लागि कलासाहित्य डटकम युन्छोमा प्रा. लि. र चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. प्रायोजक रहेका छन् । उत्कृष्ट २० जना गजलकर्मीहरु- रिता खत्रि विराटनगर, डा. सुधा शाही काठमाडौं, नबराज नवोदित कतार, गनिन्द्र लिम्बू मलेशिया, निराज भट्टराई तँनहू, निर्मल कुमार पौडेल रौतहट, गोपालचन्द्र राई खोटाङ, पि. एस. लिम्बू दुवई, विपु वाइवा वेलायत, डा. टिकाराम भण्डारी रुपन्देही, हस्त गौतम मृदुल अमेरिका, निरु केसी अश्रु पोखरा, विष्णुनन्द चाम्लिङ हङकङ, दिलदुखी जन्तरे मलेशिया, नरेश नाती ब्रुनाई, देवकला कार्की धनकुटा, बर्षाद दर्लामी मलेशिया रहेका छन् ।
नेपाल बाहिर रहेका स्रष्टालाई हूलाक मार्फत चेक र प्रमाणपत्र पठाईने छ भने नेपाल भित्र रहनु भएका स्रष्टाहरुको लागि काठमाडौमा एक पुरस्कार वितरणको कार्यक्रम गरिने भएको छ ।
नेपाली साहित्यको गजल विधामा ब्यापक रुपबाट आयोजना गरिएको यो पहिलो अवसर हो भने यस कार्यक्रमको लागि प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपति बैरागी काईलाले यस प्रतियोगिताले नेपाली साहित्यमा नयाँ आयाम थपेको र नयाँ प्रविधि संगै यस प्रकारको कार्यक्रमको महत्व बढ्दै गएको कुरा फोन मार्फत प्रत्येक्ष रेडियो प्रसारमा बोल्नु भएको थियो । त्यस्तैगरि अतिथिहरुमा प्राज्ञ प्रा.डा. गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्याहाँङ रहनु भएको थियो ।
मूल्याङ्कन कर्ताहरुमा प्राज्ञ ललिजन रावल विजय सुब्बा डा। कृष्णहरी बराल शीतल गुरुङ कादम्बिनी रहनु भएको थियो त्यस्तै मूल्याङ्कन पर्यवेक्षकमा दुवईबाट जाकिर हुसेन मलेशियाबाट इन्द्र नारथुङ्गे अमेरिकाबाट विनोद रोक्का ब्रुनाईबाट ध्रुब गौतम वेलायतबाट शशि सुब्बा थापा र हङकङबाट असोक राई रहनु भएको थियो ।
गजलको नतिजा प्रसारण तथा प्रकाशनको लाइभ रेडियो प्रसारण कार्यक्रममा मूल्याङ्कन समुहबाट डा। कृष्णहरी वराल र पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको तर्फबाट इन्द्र नारथुङ्गेले मलेशियाबाट आफ्नो विचार राख्नु भएको थियो । नतिजा घोषणाको लागि अध्यक्ष सुरेन्द्र इङनाम उपाध्यक्ष विश्वास दीप तिगेला र पर्यवेक्षक धु्रब गौतमले संयुक्तरुपबाट कार्यक्रमको संचालन गर्नु भएको थियो । नतिजा प्रसारणको कार्यक्रममा स्रष्टाहरुको आफ्नै स्वरमा उत्कृष्ट २० वटा गजलहरु क्रमश प्रसारण गरिएको थियो ।
स्मरण रहोस, प्रतियोगिता गत सरस्वती पूजाको दिनदेखि शुरुवात भएको थियो र सहभागि सम्पूर्ण अडियो गजलहरु संस्थाको वेभपेज प्रवासीडटकमडटकम www.pravasi.com.np मा सुन्न सकिन्छ ।
सुन्नुहोस केहि कविता
March 16, 2010 by admin
Filed under सृजनाका स्वरहरु
सृजनाका स्वरहरुमा आज हामी परिता राज भण्डारी,श्वेता बानिया र राजेश राईको कविता सुन्दै छौ.तपाई पनि आफ्नो रचना हामीलाई २०६ ६०० ४८७३ मा फोन गरेर रेकर्ड गराउन सक्नु हुन्छ अथवा इमेल लेख्नु होस् nepaliradio@gmail.com
–
हिमाली स्वरहरु
www.nepaliradio.org
New York
































