कथा संसारमा कृष्णचन्द्र सिंह प्रधानको रचना सुनौ
साहित्यकार एब समालोचक कृष्णचन्द्र सिंह प्रधानको निधन भएको छ| उहाको सम्झनामा हिमाली स्वरहरु मधुपर्कबाट साभार गरिएको “उज्यालो पनि अँध्यारो लाग्ने उज्यालोलाई के भनूँ ?”प्रस्तुत गर्दै छौ |हार्दिक श्रदा सुमन सहित सुनौ आजको कथा संसार…
“सहस्र ताराको आकाश एउटै छ । बेग्लाबेग्लै जातिहरूको देश पनि एउटै हो । आकाशको धर्तीलाई ताराहरूको संसार भन्यौँ । देशले चर्चेको आकाशलाई हाम्रो धर्ती भन्यौँ । जब यो पनि टुक्रिएर करेसोबारी पो हुँदैछ । हामी त मात्रै मधेसी बन्दैछौँ, थारू हुँदैछौँ । हामी त मात्रै खुम्बुवान्, नेवा, मगर केके भएर चिनिन आतुर छौँ ।”
पढ्नु होस् पुरा लेख :
कृष्णचन्द्रसिंह प्रधान
दिउँसै उज्यालो खोज्दै हिँडेको थिएँ कुनै दिन । आज उज्यालोमै घाम खोज्दै हिँडिरहेको छु । उज्यालो पनि अँध्यारो लाग्ने यो उज्यालोलाई खै के भनेर सम्बोधन गरुँ ?अँध्यारोलाई अँध्यारो भन्न सक्तिन थिएँ । रातलाई दिन भनेर हुचीलले झैँ अघाउञ्जेल उनीहरूको गीत गाइरहेँ । प्रशंसामा कोरीकोरी कागज लेखेँ, कागज रङ्गरिहे । इतिहास भइसकेको त्यस कालखण्डलाई सम्झँदा अहिले कहाली लाग्छ । हामी रोमाञ्चित हुन्छौँ ।
मौसम बदलियो । छ्याङ्गै घाम लागेको आकाश छ । भुँइभरी जून, तारा । यस खुसियालीमा हामीले न्यानो बाँड्यौँ । साटासाट गर्याँंै बधाइ र भिंतुनाहरू एक आपसमा तर शिरमाथिको घाम घरदैलोमा छिर्नै पाएको छैन हामी उज्यालो खोज्दै हिँडिरहेका छौँ सडकसडकमा फेरि मसाल बोकेर । हामीले बगाएको रगत सुकेकै छैन फेरि अर्को कोतपर्वको तैयारीमा जुटेका छौँ । जहिले हेर सडक बन्द, बजार बन्द । सधैँसधैँ जुलुस, हडताल, अपहरण, मूर्दावाद र जिन्दावाद छ । देश त कुरुक्षेत्र भएछ । कुरुवंशका हामी भाइभाइ कौरव-पाण्डव पो भएछौँ ।
ग्रहण लागेझैँ टेक्दै गरेको अँध्यारोलाई के नाम दिउँ ?
परिभाषाले थुम्कोलाई हिमाल बनाइदिन्छ, फेवातालहरू भैँसी आहाल बस्ने पोखरीमा परिणत हुन्छन् । फोहर थुपार्ने ल्याण्डफिल्ड भइदिन्छन् हाम्रा सपनाहरू, र नयाँ नेपाल कवाडीखानामा रूपान्तरित हुन्छ ।
मैले परिभाषा खोजेको होइन । मैले परिभाषित गर्ने उज्यालो चाहेको पनि होइन । मैले आफ्नै भविष्य भनिरहेको पनि होइन । अँध्यारोमा एकमुठी उज्यालो मात्रै खोज्दैछु । लोडसेडिङले भएकै उज्यालो पनि खोसेछ । अहिले हामी अँध्यारोको घनिभूत शून्यतामा छौँ । कोशी, गण्डकी त अरूलाई दियौँ दियौँ, मेलम्ची पनि आफ्नो होइन कि लागिरहेछ । एकार्काको असहयोगमा पराइ लाग्ने देश, हामी मानिस र भूखण्डहरू हामी होइनौँ, हाम्रो होइन रहेछ । पानीबिनाको मरुभूमिझैँ काकाकुल छौँ सबैतिर ।
लाग्छ देश सबैले स्वीकारेको स्थलीकृत विविधताको सीमाङ्कति भूगोल होइन । लाग्छ देश थरीथरीका जातिहरूको फूलबारी पनि होइन रहेछ । आ-आफ्नो पहिचानभरिको भौगोलिकतामा हामी देश रोप्दैछौँ । एकौटा राज्य भएर आफैँभित्र आ-आफ्ना देश खोज्दैछौँ ।
सहस्र ताराको आकाश एउटै छ । बेग्लाबेग्लै जातिहरूको देश पनि एउटै हो । आकाशको धर्तीलाई ताराहरूको संसार भन्यौँ । देशले चर्चेको आकाशलाई हाम्रो धर्ती भन्यौँ । जब यो पनि टुक्रिएर करेसोबारी पो हुँदैछ । हामी त मात्रै मधेसी बन्दैछौँ, थारू हुँदैछौँ । हामी त मात्रै खुम्बुवान्, नेवा, मगर केके भएर चिनिन आतुर छौँ ।
देश भएर चिनिँदा सायद हामी आफ्नो जातीयता हराउँछौँ । जाति भएर चिनिँदा सायद देशले उनीहरूलाई आफ्नो भन्ने छैन । वास्तवमा पहिले हामी त्यही थियौँ, अहिले पनि हामी त्यही हौँ । यसलाई मासेर मात्रै नेपाली भन्नेहरू आफैँ मासिए । हामीबिना देशका थारू होइनौँ, लिम्बूवानी होइनौँ, मगराती पनि होइनौँ जस्तो थारू, मधेसी, पहाडीबिनाको देश देशै होइन । त्यसैले मभन्छु हो म मधेसी हुँ, म थारू हुँ, म गुरुङ हुँ, म शेर्पा, मगर, लिम्बू, नेवार खुम्बुवानी सबै हुँ र म नेपालको हुँ, त्यसैले नेपाली पनि हुँ ।
जो जहाँ जसरी छौँ, जे हौँ त्यहीत्यही भएर हामी नेपाली हौँ । नेपाली भन्ने बित्तिकै म तिनीहरूलाई देख्न थाल्छु-त्यही अनुहारका थेप्चे, लामा नाक, पुड्का कद, चिम्से गहिरा आँखा, कालो रङ, त्यही धोती, कछाड, लुङ्गी, लबेदा, भोटो, कुर्ता, बक्खु लगाउने मान्छेहरू । कसले भन्छ त्यहाँ नेपाल छैन ? हामी छैनौँ ?
म तिनीहरूमा मान्छे खोज्दै हिँडिरहेँछु । थाहा छ बिनामान्छेको मान्छे हामी होइनौँ । यो पनि थाहा छ मान्छे भएर पनि मान्छे नलाग्ने मान्छे पनि हामी हौँ । त्यसैले तिमीमा, म आफूभित्र, हामी सबैमा सही मान्छे खोज्दै छु । त्यसको मृत्यु वा रिक्ततामा सायद त्यहाँ तिमी हुने छैनौ, म हुनेछैन, हामी कोही हुने छैनौँ । तिम्रो मधेसी, मेरो नेवार, उसको लिम्बू कोही पनि हुँदैनौँ । यसभित्र अवस्थित मान्छे नै हामी हौँ । अर्थात् हामी मधेसी, हामी पहाडी, हामी हिमाली, हामी नेपाली । हामीभित्रको यही मान्छेलाई म खोजिरहेँछु ।
यसमा पनि पहिरो जाँदैछ सायद । यहाँ पनि भैँचालो जाने सम्भावना देख्दैछु म । बैरी ठानेर जोसँग लामो लडाइँ लडेर आयौँ उसलाई भुत्ल्याइसक्यौँ । जसले गर्दा अधिकारबाट वञ्चित भयौँ, त्यो व्यवस्था पनि भत्काइसक्यौँ । सङ्घर्षको यस पृष्ठभूमिमा विगतको इतिहास हेरेर सायद तिमी भयभित छौ । विगतको यही पीडा दुखेर म आक्रोशित छु । त्यही इतिहास फेरि दोहरिने हो कि भन्ने चिन्ताले हामी चिन्तित छौँ । हिजोको यो भोगाइ र यातनाबाट डराइरहेका हामी, हिजो खोसिएको खुसी र तिक्तताबाट आतङ्कित हामी डरको त्यही आडमा कसैले कसैलाई विश्वास गर्दैनौँ र भनिरहेका छौँ-अलग राज्य, अलग प्रदेश । देशभन्दा प्रदेशको मायामा अर्पित हामी लिम्बूवानी, मधेसी, मगराती हुनुलाई लड्दैछौँ । आकाशको यो निरवच्छिन्नतालाई अवरुद्ध गर्न कहिले बादल भई ओइरिन्छौँ र हाँक दिन्छौँ, कहिले जातीयताको नारा लगाउँछौँ र सडक तताउँछौँ ।
विनाप्रदेशको देश हुन्छ मैले सुनेकै छैन । विनादेशको प्रदेश हुन्छ-मैले देखेकै छैन । प्रदेश नभएको नक्सामा देश पनि हुँदैन । कहाँ खोज्दै हिँड्नु ? देश नभइदिए प्रदेश पनि हँुँदैन । कुरा त स्वायत्तताको हो । पाउनुपर्ने सम्पूर्ण अधिकारबाट कोही वञ्चित नहोऔँ जाति जाति भएर चिनिने नेपाली हौँ हामी । नेपाली हुँदैमा हामी थारू होइनौँ, हामी मधेसी होइनौँ कसले भन्छ ?
भूमण्डलीकरणको फराकिलो भूमिमा संसार हिँड्दैछ, हामी हिँड्दैछौँ नेपाली भएर जयपृथ्वीबहादुर हिँडेजस्तो, चिनियाँ भएर हृवेनसाङ हिँडेजस्तो, इटालियन भएर कोलम्बस हिँडेजस्तो, बुद्ध भएर सिद्धार्थ गौतम हिँडेजस्तो । भोलि सायद मान्छेबाहेक विश्वमा कोही हुनेछैन, न नेपाली, न भारतीय, न अमेरिकन, न रसियाली । मात्रै चिनियाँ भएर पनि चिनिने छैनौँ, मात्रै अपि|mकाली भएर पनि हामी जानिने छैनौँ । त्यतातिरकै प्रस्थान लाग्छ हाम्रा यात्राहरू । त्यतैतिर उन्मुख छौँ सायद हामी पनि, यो विश्व । अब देश, जाति होइन, जसलाई सिङ्गापुरे, भारतीय वा कोरियाली भन्छौँ । जानेहरू त्यहाँ कहीँ बसिदिन्छन् र त्यहीँका भएर डायस्पोरियन कहलिन्छन् । उनीहरूसँग उनीहरूको देश पनि हुनेछैन, उनीहरूको भाषा र जातीयता पनि हुनेछैन । हामीसँग भएको हाम्रो पुख्र्यौली पुच्छर हराएर हामी मान्छे भइदिएजस्तै हामी मात्रै डायस्पोरियन हुनेछौँ । हामीसँग हाम्रो मान्छे मात्रै रहनेछ ।
मानिस कहाँ पुगिसके छन् । हामीचाहिँ अहिले पनि लिम्बू, शेर्पा, नेवार, थारू, मधिसे हुनुलाई युद्ध छेडी बसेका छौँ ।
राणा खेदेर प्रजातन्त्र ल्याउन सक्छौँ हामी । राजा हठाएर गणतन्त्र ल्याउन पनि सक्छौँ हामी तर हामीभित्रको यो मधेसी, यो लिम्बू, यो नेवार, यो बाहुन, यो थारू भन्ने विभेद हठाउन सकिरहेका छैनौँ Û
हामी त एकौटा अहंको धरहरा भइदिएका छौँ । भीमसेन थापा हुन नसके पनि उसले उभ्याएको धरहरा भएर अग्लो हुनाको दम्भ गर्छौं । अचम्मको कुरा हो हामीले उभ्याएको विभेदमा सीमाङ्कति हुन हामी बर्लिनको पर्खाल भइदिन्छौँ । प्रजातन्त्र आएपछि त्यहाँ बर्लिनको पर्खाल ढल्छ । यहाँ लोकतन्त्र आएपछि बर्लिनको पर्खाल उभिन्छ । हामीभित्रकै हाम्रा यी पर्खालको विरोधमा कहिल्यै मूर्दावाद भनेनौँ, कहिल्यै सडक तताएनौँ, कहिल्यै मसाल बोकेनौँ ।
उज्यालो पनि कति अँध्यारो Û यो अँध्यारोलाई लाटोकोसेराहरू उज्यालो भन्छन् । उज्यालो भएर उज्यालो घाम त यहाँ कहिले पो लाग्यो र ? कि लाटोकोसेरोहरू छन् रात खोज्नेहरू, कि उज्यालोमा अँध्यारो देख्दै नदेख्ने अन्धाहरू छन् । उनीहरू सधैँ भनिरहन्छन्-लाटोकोसेरो होऊ, अन्धो होऊ Û दुवै हुन नसक्ने म खालि उज्यालो खोज्दै छु ।
भाइहरू हो Û आऊ यसको विरोधमा आमरण अनसन गरौँ । म गुरुङ, क्षेत्री, नेवार, मधेसी भएर नेपाली हुँ । नेपाली भएर पनि मान्छे हुँ म । मान्छे भई उसको स्वतन्त्रता जोगाइराख्न आऊ, हामी सप्ताहव्यापी बन्द गरौँ Û
आ-आफ्नो जाति, धर्म, भाषा, ठाउँ बिर्सेर कसैलाई नेपाली हुन भन्दिन । नेपाली नभई प्रदेशी होऊ पनि भन्दिन । पहिले हामी मान्छे हौँ । हराउँदै गरेको यो मान्छेलाई आ-आफैभित्र प्रतिष्ठापन गर्न जाऊ Û एउटा दिवसको आयोजना थालौँ ।
२६ चैत ०६६
साभार :मधुपर्क
कथा संसारको सम्पूर्ण संग्रह सुन्नुहोस
पुष्प मुन्कर्मीको कथा चन्द्र बहादुर र सुन्दर
हस्त गौतमको नियात्रा
राम हरी पौडेलको नियात्रा
रमेश बिकलको लाहुरी भैशी
सहदेवको कथा हजूर
सबीना सिन्धुको कथा कलेजकी हिरोइन
रबी भट्ट कथा होटेलकी केटी
सहदेबको कथा हराउदा
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभबको दोस्रो भाग सुनौ
May 20, 2010 by admin
Filed under जीबन यात्रा अनुभब
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभब को दोस्रो भाग सुनौ
–
कार्यक्रम प्रस्तोता /निर्माता.
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York
श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभब सुनौ
May 7, 2010 by admin
Filed under जीबन यात्रा अनुभब

श्री खगेन्द्र बस्न्यातको जीबन यात्रा अनुभब सुनौ
–
कार्यक्रम प्रस्तोता /निर्माता.
Sahadev Poudel
Himali Sworharu
www.nepaliradio.org
Youtube.com/NepaliTV
New York
डियर कल्याणको मेरो कथामा अनुपको कथा सुन्नुहोस
April 30, 2010 by admin
Filed under मेरो कथा मेरो गीत
सर्बाधिक लोकप्रिय कार्यक्रम हो मेरो कथा मेरो गीत. कार्यक्रमका निर्माता हुन डियर कल्याण.डियर कल्याण उक्त कार्यक्रम नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू मार्फ़त बिस्वसमुदायका स्रोताहरुलाई पनि सुनाउन चाहनु हुन्छ.त्यसैले अब हरेक साता नेपाली एफ एम रेडियोबाट प्रसारण भई सकेका कथाहरु हामी क्रमस यो वेबसाइट मार्फ़त सबैलाई सुनाउने छौ .आज मेरो कथा मेरो गीतमा डियर कल्याण अनुपको सत्य कथा बाचन गर्दै छन.
मेरो कथा मेरो गीत अब संसार भरिलाई अनलाइन मार्फ़त
आफ्नो सल्लाह र सुझाब र सत्य कथाहरु लेखी पठाउनुहोस डियर कल्याणलाई
dear_kalyan@hotmail.com or write us at nepaliradio@gmail.com
बिद्या बिमल बरालको कथा चाँदनी सुन्नुहोस
कथा संसारमा आज बिद्या बिमल बराल आफ्नो कथा “चाँदनी ” सुनाउदै हुनु हुन्छ .यो कथा उहाले न्यु योर्क मा हरेक महिनाको पहिलो आईतबार आयोजना हुने सृजनाका स्वरहरुमा सुनाउनु भएको थियो.तपाई पनि आफ्नो कथा हिमाली स्वरहरु को कथा संसारमा सुनाउन चाहनु हुन्छ भने आफ्नो कथा लेखि पठाउनु होस् nepaliradio@gmail.com
–
सुन्नुहोस हिमाली स्वरहरु
www.nepaliradio.org
New York
गोबिन्द गिरी “प्रेरणा”को कथा “निगार” सुन्नुहोस
आज साहित्यकार गोबिन्द गिरी “प्रेरणा ” आफ्नो कथा संग्रह यात्रा: अनन्त बाट निगार शिर्षकको कथा आफै बाचन गर्दै हुनुहुन्छ. तपाई पनि आफ्नो कथा,नियात्रा,भावना कथा संसार मार्फ़त सबैलाई सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस .कथा संसार नेपाली अनलाइन रडियोको सुन्ने कथाहरुको संग्रह हो.एकै छिन कथा संसारमा डुलौ..
Have a Happy Listening
email us at nepaliradio@gmail.com
www.nepaliradio.org
New York
कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभबको दोस्रो भाग सुन्नुहोस
January 22, 2010 by admin
Filed under जीबन यात्रा अनुभब
–

जीबनयात्रा अनुभब हिमाली स्वरहरु अनलाइन रेडियोको प्रस्तुति हो.आज हामी बरिस्ठ साहित्यकार कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुन्दै छौ.साहित्यकार पराजुलीको जन्म बि.स. १९९२ अषार महिनाको २४ गते काभ्रे जिल्लाको भ्रमरकोटमा भएको हो.बिशेष गरेर बाल साहित्य र शिक्षा क्षेत्रमा साहित्यकार पराजुलीको योगदान उल्लेखनीय छ .राम्रो रचना मिठो नेपाली होस् वा नेपाली उखान र गाउ खाने कथा,सुन केस्रा होस् वा जुनतारा ,हिमाल डाँफेको कथा होस् वा सात गेडीको कथा यी र येस्ता दर्जनौ कथा र व्याकरण पुस्तक तपाईले आफ्नो अध्धयन क्रममा पढ्नु भएको हुन् सक्छ.आउनुहोस आफ्नो जीवनको ७५औ बषन्त पार गरिसके पनि अझै साहित्य सृजनामा तल्लिन श्री कृष्ण प्रसाद पराजुलीको जीबन यात्रा अनुभब सुनौ.
nepaliradio@gmail.com
हिमाली स्वरहरुको ११८औ शृंखला सुन्नुहोस
January 19, 2010 by admin
Filed under हिमाली स्वरहरु
हिमाली स्वरहरुको ११८औ शृंखलामा स्वागत छ.
- नेपाली समुदायका खबरहरुको सार”सेरोफेरो”
- एउटा कुरामा साहित्यकार कृष्ण प्रसाद पराजुली संगको साहित्यिक कुराकानी
- सृजनाका स्वरहरुमा निष्प्रभ सजी र राम चन्द्र शर्माका कविताहरु
- सुमधुर नेपाली संगीत र सामुदायिक जानकारीहरु
आफ्नो प्रतिक्रियाहरु लेखि पठाउनुहोस nepaliradio@gmail .com
www.nepaliradio.org
New York
बर्ष २००९ मा धेरै सुनिएका १० उत्कृस्ट गीतहरु सुनौ
January 2, 2010 by admin
Filed under आरोह अबरोह
































