~ Himali Sworharu, A Global Nepali Online Radio From New York City ~ नेपाली मन र नेपाली पनसंग नजिक~

आमाको मुख हेर्ने दिन कहिले आउला?

आमाको मुख हेर्ने दिन कहिले आउला?

[आमाको मुख हेर्ने,वाणी सुन्ने, सेवा गर्ने दिन नजिकिँदैछ,फोनगर्न नबिर्सिनु होला है!
नबिर्सिएर, तपाँईकी नयाँ नेपाल आमासंग हामीलाई पनि चाँडै नै सेवा गर्न पाउने आशिर्बाद माँगी दिनु होला!]

आमा तिम्रो मुख हेर्ने दिन कहिले आउला
आमा तिम्रो सुख हेर्ने दिन कहिले आउला?

अस्ति भन्थ्योउ हिजो आउला,हिजो भन्थ्योउ आज!
आज पनि गईसक्यो ज्या ! भोली पर्छ साँझ !
रोग तिम्रा केही छैनन्, अजंबरी ठानी!
आमालाई आत्मा जानी,बस्यौँ मन-मानी !

सधैँभरी बाँच्ने होइनौँ,साथी-भाई आवो!
गाँउ घरकी आमा मेरी,हेरी देउन जावो!
दुई-चार दिनमा झोला बोकी आँउछु बरै! दाजु
पूग्यो विदेशको-भार,भारी बिसाई आँउछु !

दिदि-भाउजू राखी राख आमालाई हेरी!
सेवा गर्न सकिएन, काँहा जाउँ फेरि?
आमा हेर्ने रहरै भो! विचरीको आशा!
किन परेँ माया-जादु, बिदेशीको दाश?

बहिनी र छोरी मिली,सेवा तिमी गर
जननीको यौटै वाधा,तिन्कै भर पर!
बाहुन र मगरकी,यौटै रुप छायाँ!
थारु,शेर्पा,नेवारकी,गुरुङकी आमा!

मेला-पात गाँउ घर, दु:ख गरी गरी
‘देश-विदेश हेर बाबू’-टिका-टालो धरी!
गर्व गर,आशिकले सँसारमा तिम्रो
‘सम्पदा र सम्पत्तीको लायक भो छोरो’!

लडाँईमा जित्यौँ आमा- जनताको बल
जँगलको माराकाट स्वतन्त्रको फल!
नियम र प्यार बाँडी,अब देश बन्छ!
उठे तिम्रा सन्ततीले,छिट्टै केही गर्छ!

प्रेरणाकी तारा पुन्ज,धरतीकी हार!
स्वर्ग-तल,अजम्बरी,देवी,पुष्प-घार!
साक्षातकी पूर्ण-सिन्धु,गरौँ गुणगान!
ईश्वरीय बरदान,आमा चारै धाम!

निवास होस् बस दिल,भित्रै रमी रमी!
के नै गर्न सक्छौँ भन?सच्याई देउ कमी!
धर्ती भन्दा तिमी ठूली-परंपरा,बंश!
बुझ्नसक्ने छैन ज्ञान,हामी सानो अँश!

आखाँ,दाँत झरिसके,गलिसके जीउ
रोपांइ छ आजभोली फुलिसके बिउ!
घडेरीमा अन्नपात ल्याउँ पैले घेरी!
ढीलो होला, समयले पर्खदैँन फेरि !

धर्म-रुप,बुझी सक्नु छैन,तिम्रा गाथा
क्षमा-भाव,शान्ति-विश्वाश ईश्वरीय साथ!
पवित्रको जिंउदो के छ?माँग मन्त्र,रंग?
आमा जस्तो स्वर्गगंगा छैन ईश-संग!

सन्तानले डाँडा-काँढा अब ढाकिसके
आँगनमा श्रम-सीप देश आँटिसके!
गरीव र दुखी रिझे -आशिर्बाद दिन्छ!
आमा तिम्रो वात्सल्यले जन्मौँ जन्म मिल्छ!

आमा तिम्रो सुख हेर्ने दिन कहिले आउला?
आमा तिम्रो मुख हेर्ने दिन कहिले आउला?

-अनन्तगोपाल रिसाल [12th April 2010]
{Disclaimer:Writer says he has referenced all the graphics from the Google Images}

  • Share/Bookmark

विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल प्रतियोगिताका उत्कृस्ट गज़लहरु सुनौ


हिमाली स्वरहरुको यो बिशेष सृजनाका स्वरहरुको शृंखलामा

विश्वब्यापी अनलाइन नेपाली रेडियो गजल  प्रतियोगिताका उत्कृस्ट  गज़ल हरु प्रस्तुत गर्दै छौ !

ब्रुनाई,
गत ५ अपि्रलका दिन प्रवासी नेपाली साहित्य समाजको आयोजना र अनलाइन नेपाली साहित्य मंचको सह-आयोजनामा सम्पन्न भएको विश्वब्यापी प्रथम अनलाइन नेपाली रेडियो गजल प्रतियोगिता २०६६ को नतिजा वि. एफ. वि. एस. गोर्खा रेडियो ब्रुनाईको प्रत्येक्ष २ घण्टा लामो प्रसारणबाट सार्वजनिक भएको छ ।

मलेशिया, नेपाल, अफगानिस्तान, कतार, दुवई, वेलायत, अमेरिका, क्यानडा, इराक, कुवेत, इन्डिया, अष्ट्रेलिया, ब्रुनाई, सिगापुर, इजरायल, नेदरल्याण्ड, पोर्चुगल, हङकङ, द. कोरिया लगायत विश्वका विभिन्न १८ मुलुकहरुबाट र नेपालको विभिन्न ३८ जिल्लाबाट गरि जम्मा १७७ जना स्रष्टाहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा इजरायलबाट सहभागि उमा सुवेदी प्रथम भोजपुरका निराजन बतास द्धितिय र काठमाण्डोका सूर्य चापागाई तृतीया बन्न सफल भएका छन् । विजयीहरुले क्रमश नगद रु २० हजार १० हजार र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कारको लागि कलासाहित्य डटकम युन्छोमा प्रा. लि. र चाम्स फिल्म प्रोड्क्सन प्रा. लि. प्रायोजक रहेका छन् । उत्कृष्ट २० जना गजलकर्मीहरु- रिता खत्रि विराटनगर, डा. सुधा शाही काठमाडौं, नबराज नवोदित कतार, गनिन्द्र लिम्बू मलेशिया, निराज भट्टराई तँनहू, निर्मल कुमार पौडेल रौतहट, गोपालचन्द्र राई खोटाङ, पि. एस. लिम्बू दुवई, विपु वाइवा वेलायत, डा. टिकाराम भण्डारी रुपन्देही, हस्त गौतम मृदुल अमेरिका, निरु केसी अश्रु पोखरा, विष्णुनन्द चाम्लिङ हङकङ, दिलदुखी जन्तरे मलेशिया, नरेश नाती ब्रुनाई, देवकला कार्की धनकुटा, बर्षाद दर्लामी मलेशिया रहेका छन् ।

नेपाल बाहिर रहेका स्रष्टालाई हूलाक मार्फत चेक र प्रमाणपत्र पठाईने छ भने नेपाल भित्र रहनु भएका स्रष्टाहरुको लागि काठमाडौमा एक पुरस्कार वितरणको कार्यक्रम गरिने भएको छ ।

नेपाली साहित्यको गजल विधामा ब्यापक रुपबाट आयोजना गरिएको यो पहिलो अवसर हो भने यस कार्यक्रमको लागि प्रमुख अतिथि नेपाल प्राज्ञ प्रतिष्ठानका कुलपति बैरागी काईलाले यस प्रतियोगिताले नेपाली साहित्यमा नयाँ आयाम थपेको र नयाँ प्रविधि संगै यस प्रकारको कार्यक्रमको महत्व बढ्दै गएको कुरा फोन मार्फत प्रत्येक्ष रेडियो प्रसारमा बोल्नु भएको थियो । त्यस्तैगरि अतिथिहरुमा प्राज्ञ प्रा.डा. गोविन्दराज भट्टराई र प्राज्ञ अमर तुम्याहाँङ रहनु भएको थियो ।

मूल्याङ्कन कर्ताहरुमा प्राज्ञ ललिजन रावल विजय सुब्बा डा। कृष्णहरी बराल शीतल गुरुङ कादम्बिनी रहनु भएको थियो त्यस्तै मूल्याङ्कन पर्यवेक्षकमा दुवईबाट जाकिर हुसेन मलेशियाबाट इन्द्र नारथुङ्गे अमेरिकाबाट विनोद रोक्का ब्रुनाईबाट ध्रुब गौतम वेलायतबाट शशि सुब्बा थापा र हङकङबाट असोक राई रहनु भएको थियो ।

गजलको नतिजा प्रसारण तथा प्रकाशनको लाइभ रेडियो प्रसारण कार्यक्रममा मूल्याङ्कन समुहबाट डा। कृष्णहरी वराल र पर्यवेक्षक मूल्याङ्कनकर्ताहरुको तर्फबाट इन्द्र नारथुङ्गेले मलेशियाबाट आफ्नो विचार राख्नु भएको थियो । नतिजा घोषणाको लागि अध्यक्ष सुरेन्द्र इङनाम उपाध्यक्ष विश्वास दीप तिगेला र पर्यवेक्षक धु्रब गौतमले संयुक्तरुपबाट कार्यक्रमको संचालन गर्नु भएको थियो । नतिजा प्रसारणको कार्यक्रममा स्रष्टाहरुको आफ्नै स्वरमा उत्कृष्ट २० वटा गजलहरु क्रमश प्रसारण गरिएको थियो ।

स्मरण रहोस, प्रतियोगिता गत सरस्वती पूजाको दिनदेखि शुरुवात भएको थियो र सहभागि सम्पूर्ण अडियो गजलहरु संस्थाको वेभपेज प्रवासीडटकमडटकम www.pravasi.com.np मा सुन्न सकिन्छ ।

  • Share/Bookmark

सृजनाका स्वरहरु सुनौ


सृजनाका स्वरहरुमा हामी मधुबन पौडेल.राजेन्द्र श्रेष्ठको कविता र अमर विक्रम अधिकारीको गज़ल सुन्न्दै छौ.तपाई पनि आफ्नो रचना आफ्नै स्वरमा हिमाली स्वरहरुको  सृजनाका स्वरहरुमा सुनाउन चाहनु हुन्छ  भने फोन गर्नुहोस ३४७ २४८ ९४२६ मा वा  १ २०६ ६०० ४८७३

इमेल गर्नुहोस आफ्नो रचना nepaliradio@gmail.com

साहित्य सिर्जना सबैलाई सुनाऔ  संसारलाई साहित्यमय बनाऔ!
हिमाली स्वरहरु न्यु योर्क शहरबाट तयार पारिएको अनलाइन रेडियो कार्यक्रम हो
नेपाली मन र नेपालीपन संग नजिक


Happy Listening!
Himali Sworharu
NepaliOnline Radio
www.nepaliradio.org
New York City

  • Share/Bookmark

~हिमाली स्वरहरुको ९९औ श्रृंखला सुन्नुहोस~


हिमाली स्वरहरुको ९९औ श्रृंखला महाकबी लक्ष्मी प्रसाद देवकोटाको शत  बार्षिकी बिशेष.
आजको कार्यक्रममा हामी सृजनाका यात्रा न्यूयोर्कले जून महिनाको पहिलो आइतबार  आयोजना गरेको महाकबी देवकोटा शतबार्षिकि बिसेष सृजना यात्रामा केन्द्रित हुने छ.
उक कार्यक्रममा डा.हरी राज भटटराईले   प्रस्तुत गर्नु भएको कार्यपत्रको केही अंश सुन्ने छौ
महाकबी देवकोटामा बिद्या बारिधि गर्नु भएका  डा.राम प्रसाद शर्माको टिपण्णी र  बिचार सुन्ने छौ
साथमा  महाकबी देवकोटा प्रति समर्पित कबिता,पबिता बगचंदले गाउनु भएको यात्री गीत सुन्ने छौ .

नेपाली अनलाइन हिमाली स्वरहरुको  महाकबी  देवकोटा शत बार्षिकी बिशेष
नेपाली मन र नेपाली पनसंग नजिक
हिमाली स्वरहरू १०० श्रृंखला पुगेको अबशरमा हामीले न्यूयोर्कको जैक्सन हाइट्स्मा रहेको मुस्तांग थकाली किचेनमा सोमबार साँझ ५ बजे देखि ६.३० बजे सम्म

Have a Happy Listening!
NepaliOnline Radio Team
New York
www.nepaliradio.org

  • Share/Bookmark

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes